धान दिवस मनाईरहदा : १५ अर्बभन्दा बढीको धान मात्रै आयत

धान दिवस मनाईरहदा : १५ अर्बभन्दा बढीको धान मात्रै आयत

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म २७ अर्ब १२ करोड एक लाख २३ हजार मूल्य बराबरको ४९ करोड ३० लाख ८१ हजार ८०३ केजी चामल आयात गरेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको विरण अनुुसार १५ अर्बभन्दा बढीको धान मात्रै आयत भएको तथ्यांक रहेको छ ।

नेपालमा १५ लाख हेक्टर जमिनमा वर्सेनि झण्डै ५६ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको तथ्यांक रहेको छ । सरकारले २०६१ मंसिर २९ गते गरेको निर्णयअनुसार २०६२ असारदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको र विभिन्न नाराहरु तय गरिदै गएका छन् । सरकारले दिवसमा तय गरेका नाराहरु राम्रा भएपनि व्यवहारिक पक्षमा भने निकै कमजार अवस्थामा रहेका छन् ।

युस वर्षको दिवसको मुल नारा ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ तय गरिएपनि भन्सार विभागले सार्वजनिक गरेको विवरणअनुसार मुलुकबाट जेठ मसान्तसम्म प्रमुख खाद्यान आयातमा अर्बौँ रकम बाहिरिएको तथ्यांक सार्वजनिक भइरहेका छन् । विभिन्न नारासंगै ती नाराहरुलाई व्यवहारमा परिणत गर्न सके नेपालले आयातलाई प्रतिस्थापन गर्न सक्ने आम धारणा रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.