भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

धानबालीमा रोगको प्रकोप

धानबालीमा रोगको प्रकोप

पाल्पा । धानबालीमा डरलाग्दो मानिने खैरो फड्के किरा र पोके रोग अहिले पाल्पामा देखापरेको छ । धान लहलह झुल्ने समयमा रोगको प्रकोपले धानको बाला नष्ट हुन थाल्दा धान उत्पादन घट्ने चिन्तामा किसानहरू परेका छन् । धानबालीमा प्रकोपकै रूपमा खैरे फड्के किरा र पोके रोगले धानको बाला नष्ट हुन थालेसँगै जिल्लाका किसान चिन्तित बनेका छन् ।

जिल्लाको तानसेन र रामपुर नगरपालिका सहित पाल्पाको पूर्वखोला, रम्भा, माथागढी, तिनाउ र बगनासकाली गाउँपालिकाको धानबाली लगाइने फाँटहरूमा खैरे फड्के किराको प्रकोपका कारण धानको बाला नष्ट हुने र बोट हरियोमै सुक्दै जाने समस्या देखा परेको छ । रैथाने धानको बीउ हंशराज, मन्सरो र आँपजोते जस्ता बीउ विस्थापित भएसँगै आधुनिक बीउ मोतिसाँवामा बढी समस्या देखा परेको हो ।

धानबाली भित्र्याउने अन्तिम समयमा देखापरेको रोगले यसवर्ष धान उत्पादन घट्न सक्ने तानसेन नगरपालिका– ९ दमकडाका कृषक नारायण अर्याले बताए । पूर्वी पाल्पाको रामपुर नगरपालिका स्थित रामपुर फाँटमा लगाइएको धानबालीमा समेत गबाँरो, राते र खैरे थोप्ले रोगको प्रकोप देखा परेको छ ।

खैरे फड्के रोगको संक्रमणबाट धानबाली जोगाउन सम्बन्धित पालिकाका कृषि प्राविधिक र किसानसँग रोगको नियन्त्रण बारे समन्वय भइरहेको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ । पहिलो चरणमा धानबालीको अनुगमन, रोगको पहिचान र ब्यवस्थापनको प्रयास भइरहेको कृषि ज्ञान केन्द्र पाल्पाका बाली विकास अधिकृत मिलन गैरेले बताए । खेतीयोग्य क्षेत्रफल ५७ हजार १ सय ७२ हेक्टरमध्ये ८ हजार ४ सय २० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । समयमै भएको वर्षाका कारण यसवर्ष जिल्लामा ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.