भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नक्कली भुटानी शरणार्थी प्रकरण : १३ जनाको ज्यान गयो

नक्कली भुटानी शरणार्थी प्रकरण : १३ जनाको ज्यान गयो

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँड, पुर्व उपप्रधानमन्त्री तथा एमाले सांसद टोपबहादुर रायमाझी, पुर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहाकार इन्द्रजित राई, तत्कालिन गृह सचिव टेकनारायण पाण्डे, रायमाझीका छोरा सन्दीप रायमाझी, खाँणका स्वकीय सचिव नरेन्द्र केसीको बयान सकिएको छ ।

पक्राउ परेका १३ जनाको बयान सकिएको छ भने सोही प्रकरणमा मुछिएका सानु भण्डारी, केशव दुलाल, सागर राई, गोबिन्द चौधरी, रामशरण केसी र टंककुमार गुरुङको बयान सकिएको जनाएको छ ।
टोपबहादुर रायमाझीले ३ करोड, खाँडले १ करोड २३ लाख बढी, टेकनारायण पाण्डेले ५० लाख, नरेन्द्र केसीले ५ लाख बढी, सन्दीप रायमाझीले ४० लाख र रामबदादुर थापाका छोरा प्रतीक थापाले १ करोड बढी रकम बुझेको जनाएको छ ।

काठमाडौं प्रहरी परिसरका अनुसार उक्त प्रकरणमा बढी रकम बुझ्नेमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहाकार इन्द्रजीत राई रहेका छन् । उनले ५ करोड भन्दा बढी रकम लिएको खुलासा भएको छ । सोही प्रकरणमा आत्मसमर्पण गरेका आङटावा शेर्पाको भने बयान लिने क्रम जारी छ । उनलाई प्रहरीले २ दिनको म्याद थप गरी बयान लिन लागेको हो ।

सोही प्रकरणमा मुछिएका फरार पूर्व गृहमन्त्री थापाका छोरा प्रतीक थापा र ईन्द्रजित राइका छोरा निरज राइको खोजी कार्य जारी छ । प्रहरीले बयान सकिएकाहरुलाई राज्यविरुद्धको अपराध, ठगी, संगठित अपराध मानव बेचविखन तथा ओसारपसार, सार्वजनि पद दुरुपयोगलगायतको मुद्दा चलाउने गरी प्रतिवेदन बुझाउने तयारी गरेको छ । यसका लागि थप तीन चार दिनको समय लाग्ने बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.