नम्बर नखुलेको मोटरसाइकलमा आएर भक्तपुरमा सिक्री लुटपाट

नम्बर नखुलेको मोटरसाइकलमा आएर भक्तपुरमा सिक्री लुटपाट

भक्तपुर । सूर्य विनायक बस्ने एक व्यक्तिको सुनको सिक्री लुटपाट भएको छ । सूर्यविनायक नगरपालिका ६ सूर्यविनायक बस्ने म्याग्दी जामरुकोट घर भएका ३० वर्षीय पुरुषको १ तोला सुनको सिक्री आइतबार दिउँसो लुटपाट भएको हो ।

नम्बर नखुलेको मोटरसाइकलमा आएका २ जना अपरिचित व्यक्तिले सिक्री लुटपाट गरेको छ । लुटपाटमा संलग्न व्यक्तिहरुको आवश्यक अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।

 


Thali Mobile Pvt.Ltd.