भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नारायण नगरपालिका दैलेख सिल

नारायण नगरपालिका दैलेख सिल

दैलेख । नारायण नगरपालिका दैलेखका नगरप्रमुख रत्नबहादुर खड्कासहित १२ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नगरपालिकाले सबै सेवा बन्द गरेको जनाएको छ ।

एक साताका लागि ११ वटै वडाका काम बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत रेशम बुढाले बताए ।जनप्रतिनिधि, वडामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि संक्रमण समुदायमा फैलन नदिन सेवा बन्द गरिएको हो । संक्रमण बढ्दै गएकोले नगरवासीलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अनुरोध गरिएको छ ।

दैलेख सदरमुकामभित्र काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, व्यापारी र होटेल व्यवसायीमा तीव्र रूपमा कोरोना फैलिएको भन्दै रुघाखोकी र ज्वरो आएका सबैमा शतप्रतिशत कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जानकारी दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.