भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

नारायण नगरपालिका दैलेख सिल

नारायण नगरपालिका दैलेख सिल

दैलेख । नारायण नगरपालिका दैलेखका नगरप्रमुख रत्नबहादुर खड्कासहित १२ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नगरपालिकाले सबै सेवा बन्द गरेको जनाएको छ ।

एक साताका लागि ११ वटै वडाका काम बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत रेशम बुढाले बताए ।जनप्रतिनिधि, वडामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि संक्रमण समुदायमा फैलन नदिन सेवा बन्द गरिएको हो । संक्रमण बढ्दै गएकोले नगरवासीलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अनुरोध गरिएको छ ।

दैलेख सदरमुकामभित्र काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, व्यापारी र होटेल व्यवसायीमा तीव्र रूपमा कोरोना फैलिएको भन्दै रुघाखोकी र ज्वरो आएका सबैमा शतप्रतिशत कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जानकारी दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.