भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

निरन्तरको वर्षाले तीन राजमार्ग पूर्णरूपमा अवरुद्ध, आवश्यक सतर्कता अपनाउन अनुरोध

निरन्तरको वर्षाले तीन राजमार्ग पूर्णरूपमा अवरुद्ध, आवश्यक सतर्कता अपनाउन अनुरोध

काठमाडौं । काठमाडौं उपत्यकासहित बागमती, कोशी र मधेश प्रदेशमा पानी परिरहेको छ । लगातार वर्षा भइरहँदा नदीमा बाढी आउन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सप्तरीको चौरिया नदीमा पानीको तहले खतराको संकेत पार गरेको छ भने लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको मौसमविद् विनु महर्जनले बताइन् ।

दिउँसो मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महर्जनले बताइन् । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना छ ।

भारी वर्षा, मेघगर्जन, चट्याङ र बाढी, पहिरो तथा भू–क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ । बाढी पहिरोका कारण तीन राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको सडक विभागले जनाएको छ ।

विभागको विवरण अनुसार मेची राजमार्ग, तमोर करिडोर र कोशी राजमार्ग अवरुद्ध भएका छन् । यस्तै १३ वटा सडक एकतर्फी सञ्चालनमा रहेको विभागले जनाएको छ । हालसम्म अवरुद्ध भएका ५७ वटा सडक सञ्चालनमा आइसकेको छ भने ७३ वटा अवरुद्ध भएको तथ्यांक छ ।

 


Thali Mobile Pvt.Ltd.