भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

निरुताको लगनगाँठो, प्रश्न शाेध्ने नाजवाफ !

निरुताको लगनगाँठो, प्रश्न शाेध्ने नाजवाफ !

काठमाडौं । लोकप्रिय अभिनेत्री निरुता सिंहले बिहे कहिले गर्ने भनेर प्रश्न गर्नेहरूलाई एकैपटक लगनगाँठो कसेर जवाफ दिएकी छन् । गत साता भारतको मुम्बई निवासी सञ्जीव गुलाटीसंग लगनगाँठो कसी केही दिनपछि फेसबुक पेजमा फोटोसहित स्ट्याटस पोस्ट गर्दै बिहेको प्रश्न गर्नेलाई जवाफ दिएकी हुन् ।

‘मलाई माया गर्नुहुने मेरो सम्पूर्ण घर–परिवार, आफन्त, छर–छिमेक, चलचित्रकर्मी साथी–भाइ, अग्रज व्यक्तित्व, विभिन्न माध्यमका सञ्चारकर्मीलगायत मलाई माया गरेर मेरो चलचित्र हेरेर त्यसलाई सफल बनाईं मलाई निरुता सिंह बनाइदिनुहुने सम्पूर्ण माननीय, पूजनीय अनि ढोगनीय दर्शक महानुभावको यतिका वर्षदेखिको एक मात्र प्रश्न, जसको बिना मेरो कुनै पनि अन्तर्वार्ता पूर्ण हुँदैन थियो’ गत बिहीबार बिहे बन्धनमा बाँधिएकी निरुताले फेसबुकमा लेखेकी छने त्यो हो ‘निरुताजी बिहे कहिले गर्ने ?’

आज त्यसै प्रश्नको जवाफ दिन गइरहेको छु। तपाईंहरूकी निरुता सिंहले गत बिहीबार ३१ अगस्टको दिन मुम्बई निवासी सञ्जीव गुलाटीसँग लगन गाँठो जोडेको छिन्।’ उनले बिहेको आशिर्वाद लिन चाँडै नेपाल आउने पनि फेसबुकमा उल्लेख गरेकी छिन्। ‘हजुरहरू सम्पूर्णको माया अनि आशीर्वादको अपेक्षा गरेको छु। चाँडै सबैलाई भेट गर्न अनि आशीर्वाद लिन नेपाल आउनेछु।’

 


Thali Mobile Pvt.Ltd.