भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नृत्यको अनुसन्धान गर्दै प्रदेश प्रतिष्ठान

नृत्यको अनुसन्धान गर्दै प्रदेश प्रतिष्ठान

काठमाडाैं । गण्डकी प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित विभिन्न जातिको नृत्यका बारेमा यतिवेला अनुसन्धान भइरहेको छ । लोपोन्मुख नृत्यको संरक्षण गर्दै पुस्तान्तरण गर्ने लक्ष्यका साथ अनुसन्धान सुरु गरिएको हो । गत माघ १ गतेदेखि सुरु भएको अनुसन्धान कार्य चैत मसान्तभित्र सक्ने तयारी गरिएको गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा अध्ययन अनुसन्धान उपसमिति संयोजक गोरे गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार अनुसन्धानकर्ता अहिले गण्डकीका ११ वटै जिल्ला पुगेर अनुसन्धान सुरु गर्नुभएको छ । यही चैत ३० गतेभित्रमा अनुसन्धान प्रतिवेदनसहितको सामग्री प्रतिष्ठानलाई बुझाउनुपर्ने समय निर्धारण गरिएको छ । अनुसन्धानकर्तामार्फत अक्षर र भिडियोसमेतका जानकारी सङ्कलन गरिरहेको जनाउँदै उहाँले भन्नुभयो, “यस वर्ष सबै जातिलाई समेट्न नसके पनि बाँकी जातिलाई क्रमैसँग अर्को वर्ष छनोट गर्दै अनुसन्धान गरिने छ ।”

प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठका अनुसार अनुसन्धान आफैँमा ऐतिहासिक पाटो भएको तथा प्रतिष्ठान स्थापनाको छोटो समयमा थोरै बजेटमा यो वर्ष कम्तीमा ३० वटा लोपोन्मुख नृत्यको अनुसन्धान र छायाङ्कन गर्न लागिएको हो । छायाङ्कन गर्ने नृत्य २३ मिनेटदेखि दुई घण्टा ५८ मिनेटसम्मका हुने छन् । “अब हामी श्रव्यदृश्य कक्ष तयार गर्ने छौँ, जहाँ हामीले अनुसन्धान बाट प्राप्त गरेका यथार्थ कुरा नयाँ पिँढीलाई देखाउने छौँ”, उहाँले भन्नुभयो, “अनुसन्धान कार्यका लागि १४ अनुसन्धानकर्ता छनोट गरिएको छ ।”

यस वर्ष छनोट भएकामा थकाली जातिका लागि ज्योति भट्टचन, कुमाल जातिका लागि ईश्वर कुमाल, छन्त्याल जातिका लागि हरिचन छन्त्याल, माझी जातिका लागि नम्रता केसी, गुरुङ जातिीका लागि तेजबहादुर गुरुङ, मगर जातिका लागि मनोज घर्तीमगर, थारु जातिका लागि डा विष्णुकुमार सिञ्जाली रहनुभएको छ ।

यसैगरी दरै जातिका लागि राजकुमार दरै, तामाङ जातिका लागि कुमार तामाङ, दुरा जातिको लागि लालबहादुर भुजेल, ब्राह्मण तथा क्षेत्री जातिको लागि खगराज शर्मा, नेवार जातिका लागि रमेश लिगल, दमाई जातिका लागि वसन्त खनाल र गन्धर्व जातिका लागि डा तुलसीराम खनालले अनुसन्धानकर्ताको जिम्मेवारी पाउनुभएको छ ।

 


Thali Mobile Pvt.Ltd.