भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

अन्तत: पछि हटे केपी, अब नेकपाकाे कार्यकारी अध्यक्षमा प्रचण्ड, चैत्रमै महाधिवेशनको तय

अन्तत: पछि हटे केपी, अब नेकपाकाे कार्यकारी अध्यक्षमा प्रचण्ड, चैत्रमै महाधिवेशनको तय

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अधिकारसहित पार्टी सञ्चालनको प्रस्ताव पास गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्षद्धयको प्रस्ताव पेश भएको थियो ।

प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकार संचालनमा केन्द्रित रहने उल्यख छ । वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित १३ नेताले आ आफ्नो मत राखेका थिए । नेताहरुले लिखित रुपमा नै बैठकमा आएको सुझावलाई समेटेर प्रस्ताव पारित गरेको थियो ।

अब पार्टी विधि र पद्धतीमा अगाडि बढाउने छ भने सरकार पार्टीको मागर्दशनमा चल्ने नेता नारायणकाजी श्रेष्ठले बताए ।सरकारको दैनिक कार्यमा पार्टीले हस्तक्षेप नगर्ने तर आधारभूत विषयमा पार्टीमा परामर्श गरेर मात्र निर्णय लिइने उनको भनाई छ । बैठकले महाधिवेशनको तय समेत गरेको छ । आगामी चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्ने र त्यसको तयारीका लागि कात्तिकमा केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.