भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

वित्तीय संस्थाले लिने चर्को ब्याजदर तत्काल हटाउनुपर्ने माग

वित्तीय संस्थाले लिने चर्को ब्याजदर तत्काल हटाउनुपर्ने माग

काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले बैंक तथा वित्तीय संस्थाले लिने चर्को ब्याजदर तत्काल हटाउनुपर्ने माग गरेको छ । महासङ्घले आज पत्रकार सम्मेलनको आयोजना गरी नेपाल–चीनको प्रमुख नाकाका रुपमा रहेको केरुङसम्म जानका लागि सहजताका साथ निश्चित समयका लागि पासको व्यवस्था गर्नुपर्नेसमेत माग गरेको छ ।

महासङ्घका अध्यक्ष नरेश कटुवालले साना तथा मझौला उद्योगी व्यवसायीलाई त्यस क्षेत्रको आवश्यक नीतिनियम बनाउँदा सरकारले समावेशी र समन्वयकारी भूमिका निर्वाह गर्नुपर्छ भने, महासङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सातै प्रदेशमा निजी क्षेत्र र सरकार सम्मिलित औद्योगिक करीडोरको स्थापना गर्दै चीनसँग जोडिएका तातोपानीलगायत सबै नाका यथाशीघ्र सञ्चालनका लागि पहल गर्नुपर्ने माग गर्दछौँ ।”

नेपाल भारत खुला सिमाना रहेका कारण दिनप्रतिदिन चोरीपैठारी बढ्दै गइरहेको हुँदा त्यसलाई रोक्न तत्काल सम्बन्धित निकायले पहल गर्नुपर्ने अध्यक्ष कटुवालको भनाइ छ । रासस

 


Thali Mobile Pvt.Ltd.