भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नेपालगञ्जको धम्बोजी चोकमा राजा वीरेन्द्रको शालिक राख्नदा झडप

नेपालगञ्जको धम्बोजी चोकमा राजा वीरेन्द्रको शालिक राख्नदा झडप

नेपालगञ्ज । नेपालगञ्जमा राजा वीरेन्द्रको शालिक पुनर्स्थापना गर्न लाग्दा झडप भएको छ । स्वतन्त्र अभियान, राष्ट्रवादी युवा समूह र राप्रपा कार्यकर्ताले नेपालगञ्जस्थित धम्बोजी चोकमा पूर्व राजा वीरेन्द्र शाहको शालिक पुनर्स्थापना गर्ने क्रममा झडप भएको हो । शालिक हटाएको स्थानमा राष्ट्रिय झण्डा राखिएकोमा बिहीबार शालिक पुनर्स्थापना गरिएको हो।

तर, शालिक फिक्स्ड’ गर्न नपाउँदै प्रहरीले हस्तक्षेप गरेर शालिक हटाएपछि तनाव उत्पन्न भएको जनाइएको छ । धम्बोजी चोकमा राजा वीरेन्द्रको शालिक राख्न लाग्दा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको थियो । झडपका क्रममा प्रहरीले लाठीचार्ज र अश्रुग्याँससमेत प्रहार गरेको जनाइएको छ। झडप हुँदा केही युवा घाइतेसमेत भएका छन् ।

आक्रोशित भीडले धम्बोजी चोक नजिकै रहेको सेतु बिक चोकमा राखिएको सेतु बिकको शालिकमा समेत तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । धम्बोजी चोकमा रहेको शालिक २०६२ र ०६३ को जनआन्दोलनका क्रममा तोडफोड गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.