भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितका लागि सूर्यविनायक नगरपालिकाको ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग | अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ | बाढी–पहिरोमा नेपाललाई छिमेकीको साथ : भारतबाट डीएनए टोली, र चीनबाट सुरुङ विज्ञ सहित ५० टन राहत | सिराहामा मोटरसाइकलको भाइजरमा लुकाएको ब्राउन सुगरसहित २६ वर्षीय युवक पक्राउ | दुई महिनामै सार्वजनिक खरिद नियमावलीमा दुई संशोधन, ठेक्काको म्याद थप्ने बाटो फेरि खुला | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु | कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम | भोटेकोशीमा बाढीको जोखिम तत्काललाई कम, हल्लाको पछि नलाग्न आग्रह |

नेपालगञ्जको धम्बोजी चोकमा राजा वीरेन्द्रको शालिक राख्नदा झडप

नेपालगञ्जको धम्बोजी चोकमा राजा वीरेन्द्रको शालिक राख्नदा झडप

नेपालगञ्ज । नेपालगञ्जमा राजा वीरेन्द्रको शालिक पुनर्स्थापना गर्न लाग्दा झडप भएको छ । स्वतन्त्र अभियान, राष्ट्रवादी युवा समूह र राप्रपा कार्यकर्ताले नेपालगञ्जस्थित धम्बोजी चोकमा पूर्व राजा वीरेन्द्र शाहको शालिक पुनर्स्थापना गर्ने क्रममा झडप भएको हो । शालिक हटाएको स्थानमा राष्ट्रिय झण्डा राखिएकोमा बिहीबार शालिक पुनर्स्थापना गरिएको हो।

तर, शालिक फिक्स्ड’ गर्न नपाउँदै प्रहरीले हस्तक्षेप गरेर शालिक हटाएपछि तनाव उत्पन्न भएको जनाइएको छ । धम्बोजी चोकमा राजा वीरेन्द्रको शालिक राख्न लाग्दा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको थियो । झडपका क्रममा प्रहरीले लाठीचार्ज र अश्रुग्याँससमेत प्रहार गरेको जनाइएको छ। झडप हुँदा केही युवा घाइतेसमेत भएका छन् ।

आक्रोशित भीडले धम्बोजी चोक नजिकै रहेको सेतु बिक चोकमा राखिएको सेतु बिकको शालिकमा समेत तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । धम्बोजी चोकमा रहेको शालिक २०६२ र ०६३ को जनआन्दोलनका क्रममा तोडफोड गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.