भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

नेपालमा कोरोना संक्रमितको संख्या ३८,५६१ पुग्यो, पिसिआर शुल्क घट्यो (भिडियाेसहित)

नेपालमा कोरोना संक्रमितको संख्या ३८,५६१ पुग्यो, पिसिआर शुल्क घट्यो (भिडियाेसहित)

काठमाडौं । थप १२२१ जनामा कोरोना भाइरसको संक्रमण देखिएसंगै नेपालमा संक्रमित हुनेको संख्या ३८ हजार ५६१ पुगेको छ । काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा थप २६७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म २० हजार ८२२ उपचारपछि निको भएका छन् ।

उपत्यकामा थप ४२९ जनामा कोरोना
उपत्यकामा ४२९ जना कोरोना संक्रमित थपिएका छन् ।योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ५ हजार ४ सय २६ पुगेको छ। त्यसैगरि, काठमाडौंमा ४ हजार ३ सय ३२, ललितपुरका ६१८ र भक्तपुरमा ४७६ संक्रमित पुगेका छन् ।

भिडियाे…

https://www.facebook.com/Kailashkhabarnews/videos/1141781929529744/

थप १४ संक्रमितको मृत्यु, मृतकको संख्या २२१ पुग्यो
पछिल्लो २४ घण्टामा देभभर १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या २२१ पुगेको छ । यो अहिलेसम्मकै धेरै मृत्यु संख्या हो । आइतबार ४ महिला र १० पुरुष गरी १४ जनाको मृत्यु भएको हो । सुनसरीका ७४ वर्षिया, बाराका ४७, महोत्तरीका ६२ र काठमाडौंको ७२ वर्षिय महिला संक्रमितको मृत्यु भएको छ ।

त्यसैगरी, सुनसरीका ६० वर्षिय मोरङको ६२ वर्षिय, महोत्तरीका ७० र ३५ वर्षिय, रौतहतका ३० वर्षिय, ललितपुरको २९ वर्षिय, भक्तपुरको ६५, नवलपरासीको ६२ वर्षिय र रुपन्देहरीको ५७ र ७६ वर्षिय पुरुष संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

६९०६ संक्रमित होम आइसोलेसनमा
कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। आइतबार देशभरका १७ हजार ५ सय १८ जना सक्रिय संक्रमित मध्ये ६ हजार ९ सय ६ जना होम आइसोलेसनमा छन् ।

मन्त्रालयका अनुसार सबै भन्दा धेरै प्रदेश २ मा ३ हजार ९ सय २ जना होम आइसोलेसनमा छन् । त्यस्तै बाग्मती प्रदेशमा मा १ हजार ९ सय ५०, प्रदेश १ मा ४ सय ९०, प्रदेश ५मा ४८०, सुदूरपश्चिम प्रदेशमा ४९, गण्डकी प्रदेशमा १८ र कर्णाली प्रदेशमा १७ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

पिसिआर शुल्क घटाइयो, नयाँ शुल्क ४४००
सरकारले कोरोना भाइरस परीक्षणमा तिर्नुपर्ने शुल्क परिमार्जन गरेको छ । अधिकतम शुल्क ४ हजार ४०० तोकिएको छ । पहिले एक जना व्यक्तिले पिसिआर परीक्षण गर्न ५ हजार ५ सय रुपैयाँ तिर्नुपथ्र्यो । बजारमा कीट लगायत परीक्षण सामग्रीको मुल्य घटेसँगै परीक्षण शुल्क पनि घटाइएको हो ।

आजै देखि लागू हुने गरी नयाँ शुल्क लागु गरेको जनाएको छ । देभभर ११ निजीसहित ४५ वटा प्रयोगशालामा कोरोना परीक्षणका लागि पिसिआर परीक्षण हुन्छ । जसमध्ये उपत्यका २ र सात प्रदेशमा एक एक प्रयोगशाला र ११ निजि प्रयोगशालामा सशुल्क कोरोना परीक्षण हुन्छ ।

 


Thali Mobile Pvt.Ltd.