रिया चक्रवर्तीलाई सोधपुछ गर्ने डीसीपीमा कोरोना संक्रमण

रिया चक्रवर्तीलाई सोधपुछ गर्ने डीसीपीमा कोरोना संक्रमण

मुम्बई । सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा रिया चक्रवर्तीसँग सोधपुछ गर्ने मुम्बई प्रहरीका डीसीपी अभिषेक त्रिमुखेलाई कोरोना संक्रमण पुष्टी भएको छ ।

त्रिमुखेका परिवारका अन्य सदस्यमा पनि कोरोना देखिएको छ । रियासँग त्रिमुखेले फोनमा कुरा गरेको भन्दै सवाल पनि उठाइएको थियो । रियाको कल डिटेल्सका आधारमा सुशान्तको आत्महत्यापछि रियाले त्रिमुखेसँग चारपटक फोन सम्पर्क गरेको खुलेको थियो । सोधपुछका क्रममा रिया‌लाई पनि संक्रमण हुनसक्ने अनुमान गरिएको छ ।

RiaChakravarthiकलाकार सुशान्त सिंह गत १४ जुनमा मुम्बईस्थित आफ्नो फ्ल्याटमा मृत अवस्थामा भेटिएका थिए । पोस्टमार्टम रिपोर्टमा घाँटीमा पासो लगाएर सास फेर्न गाह्रो भई ज्यान गएको देखिएको थियो । सुशान्तका पिताले रिया चक्रवर्तीका कारण आफ्नो छोराले ज्यान गुमाएको भन्दै प्रहरीमा उजुरी दिएपछि रिया विवादमा तानिएकी छिन् । यस विषयमा सीबीआईले अनुसन्धान गरिरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.