भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा जाने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा आफैँ मैदानमा | भोटेकोशी बाढीको कहर : मृतक संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन | चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान |

नेपालले निर्यातमा बनायो नयाँ रेकर्ड

नेपालले निर्यातमा बनायो नयाँ रेकर्ड

काठमाण्डौ । निर्यात व्यापारमा नेपालले नयाँ रेकर्ड बनाएको छ । नेपालले एउटै आर्थिक वर्षमा एक खर्ब रुपैयाँको निर्यात गर्न नसकेको अवस्थामा नयाँ रेकर्ड कायम गरेको हो । नेपालले चालु आर्थिक वर्षको आठ महिनामै एक खर्ब ४७ अर्ब रुपैयाँको वस्तु निर्यात गर्दै नयाँ रेकर्ड कायम गरेको जनाइएको छ । र्न सफल भएको विभागले जनाएको छ । नेपालले तीन अर्ब ६१ करोड रुपैयाँको सूर्यमुखीको तेल निर्यात गरेको छ ।

नेपालले आठ महिनामा ४१ अर्ब ४० करोड रुपैयाँको सोयाबिन तेल निर्यात गरेको तथ्याकं रहेको छ । आठ महिनामा नेपालले १३ खर्ब ८७ अर्ब ३४ करोड रुपैयाँको वस्तु आयात गरेको छ । यो गएको वर्षको आठ महिनाको तुलनामा ३८ दशमलव ६४ प्रतिशतले धेरै हो । आठ महिनामा नेपालको वैदेशिक व्यापार घाटा ११ खर्ब ६० अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । यो गएको वर्षको आठ महिनाको तुलनामा ३४ दशमलव ५० प्रतिशतले धेरै हो । गएको आर्थिक वर्ष एक खर्ब ४१ अर्ब रुपैयाँको वस्तु निर्यात गरेको थियो भने यो आर्थिक वर्ष नेपालले दुई खर्ब रुपैयाँको वस्तु निर्यात गर्ने सम्भावना बढेको छ ।

 


Thali Mobile Pvt.Ltd.