भर्खरै : Sorry, your browser does not support inline SVG.

नेपालीलाई कुनै समस्या आउन नदिन राजदुतावास लागिपरेको छ : नेपाली राजदूत क्यानडा

नेपालीलाई कुनै समस्या आउन नदिन राजदुतावास लागिपरेको छ : नेपाली राजदूत क्यानडा

कोरोना महामारीले संसार प्रताडित भैरहेका बेला क्यानडामा रहेका नेपालीको अवस्था के छ ? नेपाली कुटनैतिक नियोगले कसरी कार्यसम्पादन गरिरहेका छन् ? भन्ने विषयमा क्यानडाका लागि नेपाली राजदुत भृगु ढुंगानासंग कैलाश विशेषमा कुराकानी गरेका छौं ।

स्वागत छ ।
धन्यवाद, कैलाश खबरले यहाँ रहेका नेपालीको अवस्था बुझ्नका लागि दुतावासमा सम्पर्क राखेर मेरो विचार लिएकोमा कैलाश खबरको होल टिमलाई विशेष धन्यवाद ।

क्यानडामा रहेका नेपालीको अवस्था कस्तो छ ?
क्यानडामा अन्य मुलक जस्तै कोरोना भाइरसको संक्रमण बढिरहेको छ । भाइरसको प्रभाव क्यानडामा परेपनि सजगताका कार्यक्रम पनि भैरहेका छन् । ६० हजार बढी संक्रमित छन् भने ३८ सय ५४ जनाको ज्यान गैसकेको अवस्था छ ।

यहाँको सरकारले गम्भिर भएर प्रान्तलाई निर्देशन पनि दिएको छ । सामान्यकरण तर्फ अवस्था गैरहेको अवस्था छ भने प्रान्तहरुले पनि लकडाउन गरेर नियन्त्रणको प्रयास गरिरहेका छन् । यहाँ झण्डै ४० हजारबढी नेपाली रहेका छन् ।

महामारीमा कति प्रभावित छन् ? कस्ता समस्या परेका छन ? र समस्या समाधान कसरी गर्न सकिन्छ भनेर नागरिकसंग निरन्तर सम्पर्क गरिरहेका छौं । नेपालीको अवस्था सामान्य नै छ । एनआरएनसंग पनि छलफल भैरहेको छ ।

हामी प्रत्यक्ष नेपालीहरुको सम्पर्क मै छौं । पाँच जना संक्रमण भएको र उनीहरु रिकभरी भैसकेको अवस्था रहेकोले आत्तिहाल्नु पर्ने छैन ।

अन्य मुलकमा रहेका नेपाली देश फर्कन चाहँन्र्छौ, भनेको स्थिति छ, क्यानडामा त्यस्तो अवस्था छ कि छैन ?
दुतावासले क्यानडामा बस्ने नेपालीलाई सहज होस भनेर इमेल, पदाधिकारीको फोन नम्वर २४ सै घण्टा खुल्ला राखेका छौं । वेव साइटमा पनि जानकारी लगायतका सहज सेवा उपलब्ध गराएका छौं । अप्ठयारोमा परेकै भए व्यक्तिगत रुपमा नै दुतावासमा आएर समस्या राख्न सक्ने वातावरण मिलाएका छौं ।

यहाँको सरकारी निकायसंग पनि निरन्तर सम्पर्क गरिरहेका छौं । समस्या समाधानमा भर्चुअल मिटिङ्गमा पनि छौं । यहाँ रहेका नेपालीको पठनपाठन देखि बसोवास र ट्यूशन फि लगायतका समस्या समाधानमा पनि ख्याल गरिहेका छौं । भिषाको समास्या परेका छन् भने पनि समाधानका लागि पहल गरिरहेका छौं ।

आर्थिक र खाध्यान्नको समस्या भए एनआरएनएसंग छलफल गरेर सेवा प्रदान गर्न भनेका छौं । त्यस्तो खासै समस्या देखिएको छैन । खासमा समस्या भएको यहाँ भ्रमणमा आएकाको हो । लकडाउनका कारण र्फकन नसकेकाहरु समस्यामा परेका थिए ।

समस्या समाधान भैहाल्यो । केहि परिहाले पनि तपाईको च्यानलमार्फत जानकारी गराउने बचन दिन्छौं । डरलाग्दोे अवस्था नेपालीहरुको छैन ।

नेपालीको इक्ज्याक्ट तथ्यांक छकि छैन ?
४० हजारको रेर्कड भैसकेको छ । बाँकी कति छन् भन्ने कुरा तथ्याकं संकलन भैरहेको छ । फारम भर्न लगाइसकेकोले छिटै तथ्याकं आउछ ।

गैरकानूनि रुपमा बसोबास गर्ने नेपाली छन् कि छैनन् ?
बैधानिक नै छन् । अवैधानिक भएको भएपनि समस्या समाधानमा दत्तचित्त भएर लागि परेका छौं ।

क्यानडा सरकारले नेपालीहरु प्रति हेर्ने दृष्टीकोण कस्तो छ ?
नेपालीको एउटा सम्पति मध्यको ख्याति भनेको विश्वास हो । विदेशीले नेपालीको बढी विश्वास गरिरहेका छन् । सबैभन्दा ठूलो सद्भाव हो । दुईदेशका नागरिकको सम्पर्क सुदृढ यहि भएर पनि होला धेरै राम्रो छ । कुनै समास्या छैन । समान धारणा रहेको छ । दुइदेश विचको राजनैतिक सम्वन्ध पनि सुमधुर र मैत्रीपूर्ण नै छ ।

तपाईको अनुभव के रहयो ?
विभिन्न तहमा काम गर्न पाउदा खुसी छौं । दुवैदेशको हितमा कसरी काम गर्न सकिन्छ भन्ने विषयमा नै बृहत सोचाई हुन्छ । आर्थिक कुटनितिमा पनि विभिन्न कामहरु भएका छन् । सास्कृतिक सम्वन्ध पनि निरन्तर समधुर र सुदृढ छ ।

कोरोनाको चपेटाकै बीच यहाँकोे सन्देश ?
कोरोनाको संक्रमण देश विशेषको नभएर संसारको समस्या हो । सम्वन्धमा दरार आउने कुनै समस्या हुदैन । सरकारले दिएका निर्देशन पालना गर्ने । आत्तिएर जानु भएन । लकडाउनमा बसेर कोरोना विरुद्ध लड्नु प¥यो । विदेशमा भए नेपाली राजदुतावासमा सम्पर्क गर्नु प¥यो । २४ सै घण्टा नम्वरहरु खुल्ला छन् । जहाँ रहेपनि सुरक्षित रहनु होला भन्न चाहन्छु ।

समय र सुझावका लागि धन्यवाद ।
क्यानडामा रहेका नेपालीको अवस्था बुझिदिएकोमा कैलाश खबरलाई धन्यवाद ।

भिडियाे हेर्न तल क्लिक गर्नुहाेस्…

Mohotsav


Thali Mobile Pvt.Ltd.