भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

नेप्सेमा उच्च अङ्कको गिरावट, कारोबार रकम समेट घट्यो

नेप्सेमा उच्च अङ्कको गिरावट, कारोबार रकम समेट घट्यो

काठमाडौँ, । आइतबार जस्तै आज पनि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज ७३.०५ अङ्कले ओरालो लागेर दुई हजार ६८५.४१ मा ओर्लिएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.९४ अङ्कले घटेर ५०६.३३ मा ओर्लिएको छ । नेप्से ओरालो लाग्दा कारोबार रकमसमेत घटेको छ । कूल २२७ कम्पनीको एक करोड चार लाख ७८ हजार ६८ कित्ता शेयर रु पाँच अर्ब १२ करोड नौ लाख ७३ हजार ९६ मूल्यमा खरिद बिक्री भए ।

सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३७ खर्ब ५९ अर्ब ११ करोड २३ लाख ९० हजार बराबर पुगेको छ । नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ४४.०८, व्यापार ४१.२६, होटल तथा पर्यटन ९०.१२, विकास बैंक १९४.१, जलविद्युत् ८०.६१, वित्त ११२.९६, निर्जीवन बीमा ४३९.२८, उत्पादन १०४.३९, अन्य ४३.०२, लघुवित्त १३२.४९, जीवन बीमा ४३७.१७, सामूहिक लगानी कोष ०.१६ र लगानी २.८६ विन्दुले ओरालो लागे । कारोबारका आधारमा आज अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १५ करोड ४९ लाख ७१ हजार २३० बराबरको कारोबार भयो ।

युनाइटेड मोदी हाइड्रोपावर रु १३ करोड ५१ लाख ८८ हजार ३८, हिमालयन डिस्टिलरी रु १२ करोड ९२ लाख १८ हजार ७६०, नेपाल बैंक लिमिटेड रु १२ करोड ८५ लाख ४९ हजार ६९३ र नेशनल हाइड्रोपावर रु ११ करोड ९८ लाख ४० हजार ९४१ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । कारोबारका आधारमा मनकामना स्मार्ट लघुवित्त ९.९९, मैलुङ ओला जलविद्युत् कम्पनी ९.९७, गोर्खाज फाइनान्स ६.०८, मिर्मिरे माइक्रोफाइनान्सको संस्थागत शेयर ४ र एनआइसी एशिया बैंकको ऋणपत्रका लगानीकर्ताले १.९२ प्रतिशतले कमाए । यसैगरी गुडविल फाइनान्स ७.८३, युनाइटेड इदी मर्दी हाइड्रोपावर ७.७३, नेपाल फाइनान्स ७.७२, कालिका पावर कम्पनी ७.७१ र पोखरा फाइनान्सका लगानीकर्ताले ७.२० प्रतिशतले गुमाए ।

 


Thali Mobile Pvt.Ltd.