भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

‘नैतिकता बचाउनलाई भएपनि ओलीले राजीनामा दिनुपर्छ’

‘नैतिकता बचाउनलाई भएपनि ओलीले राजीनामा दिनुपर्छ’

काठमाडौं । अविश्वासको प्रस्ताव फेस गर्ने बताएपनि बालुवाटारमा अधिकाँस स्थायी कमिटी सदस्यले राजीनामा दिनु नै बेस भनेका छन् । राजीनामा दिने विषयमा छलफल भए पनि ओलीले राजीनामा नदिने बताएका छन् ।

राजनीति सही तरिकामा अगाडि बढाउने भए नैतिकताको आधारमा राजीनामा दिनु नै बेस भन्दै दिने नदिने त आफ्नो आफ्नो कुरा हो सदस्यले भनेका छन् । यता प्रदीप ज्ञवालीले तोकिएकै समयभित्र संसद् बैठक बोलाउने निर्णय भएको जानकारी दिएका छन् ।

सर्वोच्च अदालतले मंगलवार प्रतिनिधिसभा विघटन गर्ने ओलीको निर्णयलाई बदर गरेसँगै ओलीको राजनीति लगभग सिद्धिने केही नेताहरुले टिप्पणी गरेका छन् । त्यसैले नैतिकताको आधारमा राजीनामा दिनु नै उत्तम हुने नेताहरुले सूझाएका छन् । ओलीकै हठले देश अप्ठ्यारोमा परेको उनीहरुले जिकिर गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.