भर्खरै : Sorry, your browser does not support inline SVG.

पक्की घरमा बस्ने मुसहरको अधुरो सपना

पक्की घरमा बस्ने मुसहरको अधुरो सपना

६ साउन २०७७ धनुषा ।  जनकपुरधाम उपमहानगरपालिका–२४ का मुसहरको पक्की घरमा बस्ने आश मरेको छ । २०७५ माघ मसान्तमा सरकारले पक्की घर बनाइदिने खबरसंगै खुशी भएको मुसहर बस्तीका मुसहरको सरकारले नयाँ घर बनाइदिने आशा डेढ वर्ष पनि पुरा नहुँदा यहाको जनकपुरधाम उपमहानगरपालिका–२४ बसहिया मुसहर बस्तीका ७५ परिवारलाई पक्की घरमा बस्ने आश मरेको हो ।

यहाँका ७५ परिवारको घर जनता आवास कार्यक्रम अन्तर्गत २०७५ जेठदेखि निर्माण गर्न शुरू गरिएको भएपनि अझै बनिसकेको छैनन् । ठेकेदार कम्पनीसँग ७ महीनाभित्रै निर्माण भइसक्नुपर्ने सम्झौता भएपनि हालसम्म पनि घर निर्माण नहुँदा मुसहर समुदायका बासिन्दा शीतलहर र गर्मीसँगै वर्षाको कहर खेपीरहेका छन् ।

यहाँ बन्न लागेका ७५ मध्ये ५५ ओटा घरको काम गुठी संस्थानको उजुरीका कारण रोकिएको र बाँकी २० ओटा घर निर्माण भइरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.