भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

पपुवा न्यु गिनी तटमा ६.९ म्याग्निच्युडको भूकम्प

पपुवा न्यु गिनी तटमा ६.९ म्याग्निच्युडको भूकम्प

सिड्नी । पपुवा न्यु गिनीको न्यु ब्रिटेन टापुको तटमा शनिबार बिहान ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले जनाएको छ ।दश किलोमिटर गहिराइमा आएको भूकम्पले सुनामी चेतावनी निम्त्याएको थियो तर त्यसलाई पछि अमेरिकी प्रशान्त सुनामी चेतावनी केन्द्रद्वारा घटाइएको थियो ।

“सबै उपलब्ध आँकडाका आधारमा यस भूकम्पबाट सुनामीको खतरा अहिले बितिसकेको छ”, नजिकको निगरानी स्थलमा ‘कुनै सुनामी अवलोकन गरिएको छैन’ भन्दै केन्द्रले भन्यो ।

भूकम्प स्थानीय समयानुसार बिहान ६:०४ बजे आएको थियो र नजिकैको प्रमुख सहर किम्बेबाट लगभग एक सय ९४ किलोमिटर दक्षिणपूर्वमा केन्द्रित थियो ।किम्बेको लिआमो रिफ रिसोर्टकी रिसेप्सनिस्ट मारोलिन सिम्बिकेनले अहिलेसम्म उनले कुनै क्षति नदेखेको बताए ।

“हामीले यहाँ भूकम्प महसुस गर्‍यौँ”, उनले भने, “तर ठूलो क्षति छैन । यहाँ केही क्षति भएन र कुनै खाली गर्ने आदेश थिएन ।”वालिन्दी प्लान्टेसन रिसोर्टकी कर्मचारी बारबरा आइबिलोले ‘हल्का कम्पन’ को महसुस गरेको बताए ।

युएसजिएसका अनुसार त्यसपछि समुद्रको उही क्षेत्र नजिकै ४.९ देखि ५.३ सम्मको प्रारम्भिक म्याग्निच्युड भएका केही साना भूकम्पहरू गएका थिए ।पपुआ न्यु गिनीमा भूकम्पहरू सामान्य छन् । यो मुलुक भूकम्पीय ‘रिङ अफ फायर’ (दक्षिणपूर्व एसिया र प्रशान्त बेसिन भर फैलिएको तीव्र टेक्टोनिक गतिविधिको एक अर्क) माथि अवस्थित छ ।

तिनीहरूले कम जनसङ्ख्या भएका क्षेत्रहरूमा व्यापक क्षति नपुर्‍याउने भए पनि विनाशकारी पहिरोहरू निम्त्याउन सक्छन् ।रासस

 


Thali Mobile Pvt.Ltd.