भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

पर्यटन पुनःउत्थान भ्रमण

पर्यटन पुनःउत्थान भ्रमण

गण्डकी । कोरोनाका कारण थलिएको पर्यटनलाई चलायमान बनाउने उद्देश्यका साथ नेपाल पर्यटक यातायात व्यवयासी सङ्घ गण्डकी प्रदेशले तीन दिने धार्मिक पर्यटन पुनःउत्थान परिचयात्मक भ्रमण शुरु गरेको छ ।

पर्यटन सम्बद्ध व्यवसायीका साथै सरोकारवालासहितको टोलीले नवलपुर क्षेत्रका रामग्राम, त्रिवेणीधाम, वाल्मीकि आश्रम, शाश्वत धाम, मौलाकालिका, तनहुँको देवघाटलगायतका स्थानको भ्रमण गर्ने सङ्घका अध्यक्ष बोबरजङ्ग गुरुङले जानकारी दिए ।

भ्रमणका क्रममा लामो समयदेखिको कोरोना कहरले धार्मिक पर्यटकीय क्षेत्रमा पारेको प्रभाव तथा आगामी दिनमा धार्मिक पर्यटनका गतिविधि चलायमान कसरी चलायमान बनाउने लगायतका विषयमा सरोकारवालाबीच छलफल गरिने उनले बताए ।

टोलीलाई पोखरामा विदाइ गर्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले कोरोनाका कारण प्रभावित पर्यटनलाई पुरानै लयमा फर्काउनु अहिलेको आवश्यकता भएको बताए । कोरोना प्रभावित पर्यटनलाई आगामी दिनमा कसरी चलायमान बनाउने भन्नेतर्फ सरकार लागेको उनको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.