भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

पर्वत दिवस मनाइँदै

पर्वत दिवस मनाइँदै

काठमाण्डौ । नेपालमा विभिन्न कार्यक्रम गरी आज अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइँदै छ । सन् २००३ मा संयुक्त राष्ट्रसङ्घको महासभाले घोषणा गरेपछि दिगो पर्वतीय विकासको महत्त्वमा जोड दिँदै हरेक ११ डिसेम्बरका दिन यो दिवस मनाउने गरिन्छ ।
पृथ्वीको कुल भू–भागको ४ प्रतिशत भाग पर्वतयुक्त छ ।

४ प्रतिशत भूभागभित्र पृथ्वीको कुल जनसङ्ख्याको १३ प्रतिशत अर्थात ९१ करोड ५० लाख मानिस पर्वतीय क्षेत्रमा बसोबास गर्ने गरेका छन् । विश्वको कुल जनसङ्ख्याको ७० प्रतिशत जीवनले विभिन्न तरिकाबाट पर्वतीय क्षेत्रको पानी उपभोग गर्ने गर्छन् ।

यसैगरी, नेपालको कुल भू–भागको ४३ प्रतिशत भू–भाग पहाडै–पहाडले भरिएको छ । जसको कुल १५ प्रतिशत भू–भाग हिमाली क्षेत्रले ओगटेको छ । विश्वका मुख्य हिमालहरू मध्ये धेरै जसो नेपालमा नै पर्ने भएकाले विश्व समुदायले चासो व्यक्त गर्ने गरेका छन्। दिवसको अवसरमा नेपाल पर्वतारोहरण सङ्घले विभिन्न कार्यक्रम गर्ने जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.