भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

पर्वतका सबै मतदानस्थलमा खटिए कर्मचारी

पर्वतका सबै मतदानस्थलमा खटिए कर्मचारी

पर्वत । पर्वतका सबै मतदान केन्द्र र मतदानस्थलमा कर्मचारी तथा सुरक्षाकर्मी खटिएका छन् । कतिपय स्थानमा यातायातका साधन र पैदलमा कर्मचारी तथा सुरक्षाकर्मी मतदानस्थलमा पुगिसकेका हुन् ।जिल्लाका ७४ मतदानस्थलका १४७ मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगेर मतदानको तयारी गरिरहेको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार मतदानका लागि आवश्यकपर्ने मतपत्र, मतपेटिका, मतदाता नामावलीलगायतका आवइयक सामग्री लिएर मतदान केन्द्रतर्फ कर्मचारी खटिइसकेका हुन् ।जिल्लामा १४७ मतदान अधिकृत, १४७ सहायक मतदान अधिकृत, २९४ सहायक कर्मचारी, १४७ सहयोगी कर्मचारी गरी एक हजार १०० भन्दा बढी कर्मचारी परिचालन गरिएको शर्माले जानकारी दिनुभयो । मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई शनिबार र आइतबार कुश्मामा तालिम दिइएको थियो ।

मतदानको मिति नजिकिँदै गर्दा सुरक्षा र अन्य व्यवस्थापकीय तयारीलाई चुस्त पारिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले बताउनुभयो । निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । उहाँका अनुसार मतदान र मतदानअघि तथा मतगणनासम्मको अवस्थाका लागि तयार पारिएको सुरक्षा रणनीति कार्यान्वयन गरिएको छ ।निर्वाचनमा म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना परिचालन भएका छन् । निर्वाचन लक्षित गरेर ७४१ जना म्यादी प्रहरी नियुक्त भएका छन् । जिल्लाभर झण्डै दुई हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । सात स्थानीय तहमा ६१ वडा रहेको पर्वतमा एक लाख २२ हजार ५० मतदाता छन् । ३१९ पदका लागि ८६५ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

 


Thali Mobile Pvt.Ltd.