भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

पर्वतमा पहिरोमा परी छ जनाको मृत्यु, दुई बेपत्ता

पर्वतमा पहिरोमा परी छ जनाको मृत्यु, दुई बेपत्ता

काठमाडौँ, । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङ,–११ पकुवा र मोदी गाउँपालिका–५, अम्बोटमा पहिरोमा परी छ जनाको मृत्यु भएको छ भने दुई जना हराइरहेका छन् । पहिरोमा बेपत्ताको खोजी तथा उद्धारका लागि पर्वत जिल्ला प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीय खटिएका प्रहरीले जनाएको छ ।

यसैबीच, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त घटनाको खबरले आफू मर्माहत भएको बताउँदै ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि तथा शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । आज शोक वक्तव्य जारी गरी उहाँले सङ्कटको यस घडीमा पहिरोमा परिवार गुमाएका तथा प्रभावित परिवारको तुरुन्त उद्धार, राहत, पुनःस्थापना एवं पहिराको जोखिममा परेको वरपरको बस्ती संरक्षणमा तदारुकताका साथ काम गर्न तीनवटै तहका सरकार तथा सम्बद्ध अधिकारीहरूलाई अनुरोध गर्नुभएको छ ।

 


Thali Mobile Pvt.Ltd.