भर्खरै : Sorry, your browser does not support inline SVG.
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | ब्रोड पिकमा शव उद्धार प्रयास जारी, क्याम्प–१ हुँदै जापानी क्याम्पबाट हेलिकोप्टर उद्धारको योजना | सरकारको पाक्षिक तलब योजना कार्यान्वयनमै रोकियो, पहिलो महिनामै कर्मचारी निराश | सेउटामा आप्रवासी सङ्कटपछि ईयूको आपतकालीन बैठक, स्पेन–मोरक्को सीमा संकटबारे छलफल | अमेरिका जान नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने, नयाँ ‘भिसा बन्ड’ नियम लागू | बूढानीलकण्ठमा प्रहरीको गोली प्रहारपछि कर्मा तामाङ पक्राउ, खुकुरीसहित प्रहरीमाथि आक्रमणको प्रयास | १३ बुँदे सहमतिपछि गृहमन्त्री गुरुङको अपिल : अब द्वन्द्व होइन, मेलमिलाप चाहिन्छ | भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग |

पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था कडा

पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था कडा

काठमाण्डौ । पशुपति क्षेत्रको सुरक्षा व्यवस्था बाला चतुर्दशी मेलाका लागि कडा पारिएको छ । पशुपतिनाथ मूल मन्दिर प्राङ्गणमा दिवङ्गत पितृका नाममा महादीपदान शुक्रबार बिहान शतबीज छर्ने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको हो । यसको तयारीका लागि पशुपति क्षेत्रमा भीडभाड बढेको छ ।

विहिबार रातभर महादीपदान गरेर बसेका भक्तजनले चतुर्दशीका दिन भोलि बिहान स्नान गरी पशुपति क्षेत्रको मृगस्थलीलगायत ठाउँमा शतबीज छर्ने गर्छन् । यसो गरेमा दिवङ्गत पितृले शान्ति पाउने धार्मिक विश्वास छ । हरेक वर्ष मंसिर कृष्ण पक्षको त्रयोदशीको रातिदेखि सुरु हुने मेलामा भक्तजनको घुइँचो लाग्ने गर्छ ।

भीड व्यवस्थापन गर्न विभिन्न ठाउँमा सुरक्षा व्यवस्था कडा पारिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा। घनश्याम खतिवडाले जानकारी दिनु भयो । उहाँका अनुसार आज बिहानदेखि भोलि दिउँसोसम्म मन्दिर प्रवेश गर्ने विभिन्न बाटोमा सबै प्रकारका गाडी प्रवेशलाई रोक लगाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.