भर्खरै : Sorry, your browser does not support inline SVG.
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै | विभिन्न जिल्लाबाट लागु औषधसहित १९ जना पक्राउ | बागमती सरकारबाट एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, मुख्यमन्त्री बानियाँ अल्पमतमा | एक्याप क्षेत्रमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु, मुस्ताङ सबैभन्दा प्रभावित | दोलखामा बाढीले एक जना बेपत्ता, भीरमा फसेका चार जनाको उद्धार प्रयास जारी | इरानसँगको युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च, थप ८७ अर्ब डलर बजेट माग | कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरोको जोखिम बढ्ने | कर्णाली विकासलाई तीव्रता दिन सरकार प्रतिबद्ध : सांसद रमेश सापकोटा |

पहिचानले राष्ट्रियता सदृढ हुन्छः अध्यक्ष प्रचण्ड

पहिचानले राष्ट्रियता सदृढ हुन्छः अध्यक्ष प्रचण्ड

काठमाडौँ, । नेकपामाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको बलिदानीपूर्ण सङ्घर्ष र माओवादीको नेतृत्वदायी भूमिकाका कारणले मात्र उपेक्षित क्षेत्र तथा उत्पीडित समुदायको पहिचान र अधिकारको प्रत्याभूति भएको बताए । किराँत समुदायको पर्व उधौली तथा नेवार समुदायले मनाउने योमरी पुन्हिका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली किराँत र नेवार समुदायमा शुभकामना व्यक्त गर्नुहुँदै उहाँले सबै समुदायको हकअधिकार र पहिचानले नै राष्ट्रियता सदृढ हुन्छ भने ।

समुदायको पहिचानसहितको समृद्धि नै राष्ट्रको उन्नति भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले मुलुकको सामाजिक विकास र समृद्धिमा यस्ता अमूल्य संस्कृतिको ठूलो योगदान रहँदै आएको स्मरण गर्नुभएको छ । हरेक नेपालीको पहिचान भनेको उसको परम्परागत संस्कृति भएको तथ्य पेश गर्दै उनले यही सांस्कृतिक विविधतासहितको सहिष्णुता नै नेपाली समाजको एकता भएको सन्देशमा उल्लेख गर्नुभएको छ । अध्यक्ष प्रचण्डले यी र यस्ता पर्वले सम्पूर्ण नेपाली जनसमुदायमा आपसी सद्भाव र सहअस्तित्वको भावना विकास गर्न सहयोग पुर्‍याउने जनाउँदै शुभकामना व्यक्त गर्नुभएको छ ।

 


Thali Mobile Pvt.Ltd.