भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पहिराले दुई घर बगायो, १० घर उच्च जोखिममा

पहिराले दुई घर बगायो, १० घर उच्च जोखिममा

बैतडी । लगातारको वर्षाका कारण पहिराले बैतडीमा दुई घर बगाएको छ । बिहीबार राति खसेको पहिराले पाटन नगरपालिका–१० का हर्कबहादुर कुँवर र हिक्मत कुँवरको घर बगाएको हो । पहिराले एक लाख ५० हजार बराबरको नगद र खाद्यान्नमा क्षति पुगेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।

रातिको समयमा पहिरो गएको भएपनि मानवीय क्षति भने हुन नपाएको बताइएको छ । दुई तले चार कोठे घरमा रहेका मानिस भागेर बाचेको प्रहरीले जनाएको छ । यस्तै अन्य १० वटा घर पहिरोको उच्च जोखिममा रहेका छन् । स्थानीय इन्द्रबहादुर कुँवर, भगीरथ कुँवर र भुपेन्द्र कुँवरको घर पहिराको जोखिममा रहेका हुन् ।

साथै हरि सार्की, अमरबहादुर चन्द, रामबहादुर चन्द, गगनबहादुर चन्द, बल्देव लुहार र इन्द्रबहादुर कुँवरको घर पहिराको जोखिममा रहेको वडाअध्यक्ष देवेन्द्र कुँवरले जानकारी दिए । पहिरोको उच्च जोखिममा रहेका हरी सार्की, रामबहादुर चन्द र अमरबहादुर चन्दको परिवार विस्थापित भएका छन् । उनीहरु छिमेकीको घरमा बसिरहेका छन् ।

यसैबीच पहिरोबाट विस्थापित परिवारलाई नेपाल रेडक्रस सोसाइटीले राहत प्रदान गर्ने भएको छ । विस्थापित तीन परिवारलाई राहत स्वरुप त्रिपाल, भाँडाकुँडा र लत्ता कपडा प्रदान गरिने रेडक्रसका कोभिड–१९का फिल्ड सुपरभाइजर देवबहादुर महराले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.