काठमाडौं । पहिरोका कारण सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध भएको छ । पहिरो पन्छाएर सडक खुलाउने प्रयास भईरहेकोमा पहिरोसँगै सडकमा ढलेका रुख तथा ढुंगा पन्छाउन समय लागेको दोभान प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध हुँदा बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, पर्वत, पोखरा, बाग्लुङ लगायतका गन्तव्यमा जाने आउने यातायात बाटोमै रोकिएका छन् । पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ स्थित तीस किलो भन्ने स्थानमा आइतबार राती पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
