भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

पहिरोबाट प्रभावित ३५ हजारभन्दा बढी जापानीलाई सुरक्षित स्थलमा सर्न आग्रह

पहिरोबाट प्रभावित ३५ हजारभन्दा बढी जापानीलाई सुरक्षित स्थलमा सर्न आग्रह

जापान । जापानको मध्य क्षेत्र शिजोओका प्रान्तमा ३५ हजारभन्दा बढी मानिसहरू पहिरोको जोखिममा रहेको भन्दै उनीहरूलाई सुरक्षित स्थलमा सर्न प्रशासनले शनिबार आग्रह गरेको छ । पहिरो प्रभावित क्षेत्रमा पुनः पहिरो आउने खतरा रहेको स्थानीय प्रशासनलाई उद्धृत गरी जापानी सञ्चारमाध्यमले उल्लेख गरेको छन् ।

जापानको मध्य क्षेत्रमा अवस्थित आतमी सहरमा हालै परेको भारी बर्षापछि गएको पहिरोले कम्तीमा १० घर पुरेको थियो । उक्त पहिरोमा परी कम्तीमा २० जना वेपत्ता भएका क्योदो न्यूज एजेन्सीले बताएको छ । सिजुओकाका अधिकारीले आतमी र वरपरका क्षेत्रमा उच्च खतरा रहेको बताएका जापानी सञ्चारमाध्यमले जनाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.