भर्खरै : Sorry, your browser does not support inline SVG.
आज र भोलि बाढीपहिरोको जोखिम, यी राजमार्गमा सतर्क रहन आग्रह | भोटेकोशी बाढीपहिरो : सुरुङभित्र ३७ शव फेला, ११औँ दिन चिनियाँ नागरिकको जीवितै उद्धार | काठमाडौँका विभिन्न क्षेत्रमा आठ दिन बिजुली कटौती हुँदै, कुन ठाउँमा कहिले ? | स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो |

पहिरोले बेनिघाट–आरुघाट सडक खण्ड अवरुद्ध

पहिरोले बेनिघाट–आरुघाट सडक खण्ड अवरुद्ध

गोरखा । केही दिनदेखि लगातार परेको अविरल वर्षापछि खसेको पहिरोले बेनिघाट–आरुघाट सडक खण्ड अवरुद्ध भएको छ । यो सडक खण्डअन्तर्गत पर्ने गोरखाको गण्डकी गाउँपालिका–४ ढावेमा रहेको दीपा पहरो भन्ने ठाउँमा आइतवार हिजो बेलुकीपख पहिरो खसेको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिनुभयो ।

पहिरोले बेनिघाट आरुघाट सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको उहाँले बताउनुभयो । सडक माथिबाट ठूलाठूला ढुङ्गासहितको पहिरो खसेको स्थानीयले बताएका छन् । पहिरोले दुईतर्फी सडक अवरुद्ध भएपछि गाडी आउजाउ ठप्प भएको छ । आरुघाट, घाटबेसी, बेनिघाट हुँदै काठमाण्डौ ओहोर–दोहोर गर्ने गाडी चल्न सकेका छैनन् ।

अवरुद्ध सडक हटाउन आवश्यक पहल भइरहेको अध्यक्ष तिमिल्सिनाले जानकारी दिनुभयो । ठूलाठूला ढुङ्गा पनि पहिरोसँगै खसेको छ, पहिरो हटाउनका आवश्यक पहल भइरहेको छु, उहाँले भन्नुभयो, लगातार वर्ष भइरहेकाले पहिरो हटाउनका लागि समस्या भइरहेको छ । पहिरोका कारण फुजेल, बेनिघाट हुँदै काठमाण्डौ चितवनलगायतका सहरमा छुट्ने गाडी अवरुद्ध भएको स्थानीयवासीले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.