भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

पहिरोले बेनिघाट–आरुघाट सडक खण्ड अवरुद्ध

पहिरोले बेनिघाट–आरुघाट सडक खण्ड अवरुद्ध

गोरखा । केही दिनदेखि लगातार परेको अविरल वर्षापछि खसेको पहिरोले बेनिघाट–आरुघाट सडक खण्ड अवरुद्ध भएको छ । यो सडक खण्डअन्तर्गत पर्ने गोरखाको गण्डकी गाउँपालिका–४ ढावेमा रहेको दीपा पहरो भन्ने ठाउँमा आइतवार हिजो बेलुकीपख पहिरो खसेको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिनुभयो ।

पहिरोले बेनिघाट आरुघाट सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको उहाँले बताउनुभयो । सडक माथिबाट ठूलाठूला ढुङ्गासहितको पहिरो खसेको स्थानीयले बताएका छन् । पहिरोले दुईतर्फी सडक अवरुद्ध भएपछि गाडी आउजाउ ठप्प भएको छ । आरुघाट, घाटबेसी, बेनिघाट हुँदै काठमाण्डौ ओहोर–दोहोर गर्ने गाडी चल्न सकेका छैनन् ।

अवरुद्ध सडक हटाउन आवश्यक पहल भइरहेको अध्यक्ष तिमिल्सिनाले जानकारी दिनुभयो । ठूलाठूला ढुङ्गा पनि पहिरोसँगै खसेको छ, पहिरो हटाउनका आवश्यक पहल भइरहेको छु, उहाँले भन्नुभयो, लगातार वर्ष भइरहेकाले पहिरो हटाउनका लागि समस्या भइरहेको छ । पहिरोका कारण फुजेल, बेनिघाट हुँदै काठमाण्डौ चितवनलगायतका सहरमा छुट्ने गाडी अवरुद्ध भएको स्थानीयवासीले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.