भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

पहिलो खेलमै जित दिलाएपछि …….

पहिलो खेलमै जित दिलाएपछि …….

काठमाडौं । आईपीएलमा किंग्स इलेभन पञ्जावले रोयल च्यालेन्जर्स ब्यांग्लोरलाई ८ विकेटले पराजित गरेको छ । आईपीएलको १३ औँ सीजनको ३१ औँ म्याचमा लगातार ५ खेलमा पराजित बनेको पञ्जाव अंकतालिकाको अन्तिम स्थानमा रहेको छ । उसले २ म्याच मात्रै जित्न सकेको छ । सीजनको पहिलो म्याच खेलेका क्रिस गेलले ४५ बलमा ५३ रन बनाएका थिए । अगाडिको खेलमा पञ्जावले ब्यांग्लोरलाई ९७ रनले पराजित गरेको थियो ।

टस जितेर ब्याटिङ गरेको ब्यांग्लोरले २० ओभरमा १७२ रनको टार्गेट दिएको थियो । उनले ५ छक्का र एक चौका प्रहार गरेका थिए । पञ्जावले २ विकेट गुमाएर १७७ रन बनाउन सफल रहएको थियो । पञ्जावलाई अन्तिम ओभरमा मात्र २ रनको आवश्यक्ता थियो । र पनि म्याच अन्तिम बलसम्म पुग्यो । त्यो बेला गेल ५२ रन बनाएर स्ट्राइकमा थिए भने राहुल ६१ रन बनाएर नन स्ट्राइकमा थिए । बलिङमा थिए युजबेन्द्र चहल ।

उनले पहिलो २ बलमा कुनै रन दिएनन् । तेश्रो बलमा गेलले एक रन लिए । चौथो बल राहुलले डट खेले र दुबै जना ब्याट्सम्यान दाबावमा आए । ५ औँ बलमा राहुलले एक रन लिने प्रयाश गरे तर गेल रन आउट भए । अब पञ्जावलाई एक बलमा एक रनको आवश्यक्ता थियो । त्यसपछि निकोलस पूरनले मैदानमा इन्ट्री मारे । उनले अन्तिम बलमा छक्का प्रहार गर्दै जित दिलाएका हुन् ।

 


Thali Mobile Pvt.Ltd.