भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

पहिलोपटक सुरक्षित खानेपानी बस्ती घोषणा

पहिलोपटक सुरक्षित खानेपानी बस्ती घोषणा

डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका–५ घोलतडागाउँको पूरै बस्तीलाई सुरक्षित खानेपानी बस्ती घोषणा गरिएको छ । उक्त बस्तीलाई जिल्लाभरिमा पहिलोपटक सुरक्षित खानेपानी बस्ती घोषणा गरिएको हो । बस्तीभरिमा रहेका ७८ घरधुरीमा शौचालय निर्माण गरिनुका साथै मिटरसहितका शुद्ध खानेपानीका धारा जडान गरिएपछि आज सुरक्षित खानेपानी बस्ती घोषणा गरिएको वडाध्यक्ष मदन भण्डारीले जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था युनिसेफ नेपाल र गैरसरकारी संस्था निड्स नेपालको समन्वय र सहकार्यमा उक्त गाउँलाई सुरक्षित खानेपानी बस्ती घोषणा गरिएको निड्स नेपालका दीर्घराज ओझाले बताउनुभयो । यहाँका सबै घरमा केही महिना अगाडि ‘एक घर एक धारा’ निर्माण भएपश्चात पानीमा शुद्धताको परीक्षण गरी जिल्लामा रहेका सरोकारवाला निकाय, स्थानीय तहको अनुगमनपश्चात औपचारिक कार्यक्रम आयोजना गरी सो बस्तीलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको हो । उक्त गाउँलाई खुला दिसामुक्त क्षेत्रसमेत घोषणा गरिएको छ ।

विगत वर्षहरूमा यहाँका स्थानीयवासी शुद्ध खानेपानीका लागि स्थानीय द्धाराखोला, सेती नदी र नाउलाको पानी उपभोग गर्न बाध्य थिए । युनिसेफ र निड्स नेपाल संस्थाले ‘एक घर एक धारा’ कार्यक्रमको थालनी गरेर घरआँगनमै पानी पु¥याएपछि पछिल्लो समय सफा, स्वच्छता पानी उपभोग गरिरहेको दिपायल सिलगढी नगरपालिका–५ का स्थानीयवासी दिलबहादुर भण्डारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पानीका लागि निकै समस्या थियो, अहिले घरघरमै शुद्ध पानीका धारा जडान भएका छन्, नागरिकलाई निकै सहज हुनुका साथै समय पनि बचत भएको छ ।” घरघरमा स्वच्छ खानेपानीका धाराबाट पानी खान पाउँदा यहाँका नागरिक निकै हर्षित भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.