भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

पाँच लाखसहित १६ जुवाडे पक्राउ

पाँच लाखसहित १६ जुवाडे पक्राउ

काठमाडौं । बुढानिलकण्ठबाट १६ जना जुवाडै पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले शुक्रबार राति नगरपालिका ११ पौटार गैरीगाउँबाट प्रहरीले ५ लाख ११ हजार ५ सय रुपयाँसहित पक्राउ गरेको हो। जग्गा भाडामा लिएर टहरा बनाई जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले नगदसहित पक्राउ गरेको हो ।

सुमन खड्काले तरकारी खेतीका लागि टहरा बनाए बुझिएको छ । पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका ४ का कमल परियार, श्रीराम श्रेष्ठ, रोशन पौडेल, नवराज श्रेष्ठ, बुढानिलकण्ठ नगरपालिका ११ का गणेश उप्रेती, कुमार केसी, मिलन तामाङ, दिनेश पौडेल, सन्जिव खड्का, दामोदर पौडेल, मुकुन्द खड्का, राजु गिरी, विवेक कार्की, प्रल्हाद खड्का र कालीचरण चौधरी छन्।

जुवाडेबाट १६ थान कौडासमेत बरामद भएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले बताए ।

 


Thali Mobile Pvt.Ltd.