भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

पाकिस्तानका पूर्व राष्ट्रपति ममनुन हुसेनको निधन

पाकिस्तानका पूर्व राष्ट्रपति ममनुन हुसेनको निधन

कराँची पाकिस्तान । पाकिस्तानका पूर्व राष्ट्रपति ममनुन हुसेनको बुधवार कराँचीमा निधन भएको छ । लामो समय बिरामी रहनुभएका उहाँको ८० वर्षको उमेरमा निधन भएको हो । पाकिस्तान मुस्लिम लिग पीएमएल को तर्फबाट राष्ट्रपति बनेका हुसेनले सन् २०१३ देखि सन् २०१८ सम्म पाकिस्तानको १२ औं राष्ट्रपतिको रूपमा सेवा गर्नुभएको थियो । उहाँपछि पाकिस्तानी राष्ट्रपतिमा आसिफ अली जरदारीले १३ औँ पाकिस्तानी राष्ट्रपति रूपमा काम गर्नुभएको थियो ।

गत वर्ष फेब्रुअरीमा उहाँलाई क्यान्सर भएको पत्ता लागेको थियो भने केही दिनदेखि उहाँलाई कराँचीको एक निजी अस्पतालमा उपचार चलिरहेको थियो । उहाँको उपचारका क्रममा निधन भएको हो । हुसेनका श्रीमती र तीन छोरा छन् । राष्ट्रपति आरिफ अल्वीले हुसेनको निधनमा दुःख व्यक्त गर्दै शोक व्यक्त गर्नुभएको छ । उहाँले उहाँको परिवारको पीडा पनि साझा बताउनु भएको छ ।

पीएमएल–एनका राष्ट्रपति शहबाज शरीफले पनि हुसेनको मृत्युमा दुःख व्यक्त गर्नुभएको छ । उहाँको शोक सन्देशमा भनिएको छ, “हामीले अहिले पाकिस्तानलाई माया गर्ने एक असल व्यक्तित्वलाई गुमाएका छौँ ।” त्यसैगरी पीएमएल–एन का अध्यक्ष सेहबाज शरीफ, पाकिस्तानी सेनापति कमार जावेद बाजवालगायत पाकिस्तानी उच्च पदस्थ अधिकारीले हुसेनको मृत्युप्रति दुःख व्यक्त गर्नुभएको छ ।

अल्लाहले उहाँको आत्माको मुक्तिको लागि कामना गर्नुभएको छ साथै शोक सम्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै उहाँको निधन पाकिस्तानको लागि अपूरणीय क्षति भएको उहाँहरूले बताउनुभएको छ । “अल्लाहले उहाँको आत्मालाई आशिष् दिऊन् र शोक सन्तप्त परिवारजनमा यो अपूरणीय क्षतिलाई सहनको लागि बल दिऊन्,” बाजवालाई उद्धृत गरी आईएसपीआरले लेखेको छ ।

 


Thali Mobile Pvt.Ltd.