भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

पुटिन र किम जोङ उनको भेट

पुटिन र किम जोङ उनको भेट

एजेन्सी । उत्तर कोरियाली राष्ट्र प्रमुख किम जोङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन बीच भेटघाट भएको छ । रुसको टेलिग्राम च्यानलमा दुई नेताबीचको भेटघाटको भिडियो भाइरल भएको छ ।
दुई नेताबीचको भेटघाट रुसको वास्तोचनी कोस्मोड्रोममा भएको छ । यो रुसको स्पेस पोर्ट हो जसलाई सन् २०१६ मा सुरु गरिएको थियो ।

किम जोङ उनसँग पुटिनले भने, ‘तपाईं यति व्यस्त हुँदा पनि हामीलाई बोलाउनु भएकोमा धन्यवाद ।’ यो कुरा त्यो भिडियोमा सुन्न सकिन्छ जसलाई रुसको टेलिग्राम च्यानलमा अपलोड गरिएको छ । पुटिनले किम जोङ उनलाई जवाफमा भन्छन्, ‘तपाईंलाई भेटेर खुसी लाग्यो । यो हाम्रो नयाँ कोस्मोड्रोम हो ।’

भिडियोमा देखिए अनुसार दुई नेता एक–अर्कासँग हात मिलाइरहेको देखिएका छन् । किम जोङ उन रेलमा रुस पुगेका हुन् ।रुसी सीमामा प्रवेश हुने बित्तिकै रातो कार्पेट बिछ्याएर एउटा स्टेसनमा उनलाई स्वागत गरियो ।

 


Thali Mobile Pvt.Ltd.