भर्खरै : Sorry, your browser does not support inline SVG.
‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव |

पूर्वराष्ट्रपति परवेज मुशर्रफको निधनले पाकिस्तानमा…

पूर्वराष्ट्रपति परवेज मुशर्रफको निधनले पाकिस्तानमा…

काठमाडौं । पाकिस्तानका पूर्वराष्ट्रपति तथा सैनिक जनरल परवेज मुशर्रफको निधन भएको छ । पाकिस्तानी सेनाले मुशर्रफको निधन भएको जानकारी गराएको हो । उनको ७९ वर्षको उमेरमा निधन भएको हो ।

पाकिस्तानका पूर्व राष्ट्रपति मुशर्रफको आइतबार संयुक्त अरब इमिरेट्स युएईको दुबईस्थित अमेरिकी अस्पतालमा निधन भएको हो ।

उनको परिवारका सदस्यलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले पूर्वसैनिक जनरल तथा पाकिस्तानी पूर्वराष्ट्रपतिको ‘एमाइलोइडोसिस’ का कारण निधन भएको उल्लेख गरेका छन् ।

मुशर्रफलाई स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पताल भर्ना गरिएको पाकिस्तानी सञ्चारमाध्यमबाट प्रशारित समाचारमा जनाइएको छ ।

मुशर्रफ सन् २०१६ देखि उपचारका लागि दुबईमा बस्दै आएका थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार केही महिना पहिले मुशर्रफले आफ्नो बाँकी जीवन आफ्नै देशमा बिताउने इच्छा व्यक्त गर्दै आफ्नो नीजी वकिलमार्फत् पाकिस्तान सरकारसमक्ष निवेदन दिएका थिए ।

 


Thali Mobile Pvt.Ltd.