भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

पेट्रोलियम पदार्थको मूल्य घटे पनि (एलपी) ग्यासको मूल्य यथावत

पेट्रोलियम पदार्थको मूल्य घटे पनि (एलपी) ग्यासको मूल्य यथावत

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।​ पेट्रोल, मट्टितेल र हवाइ इन्धनको मूल्य नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागु हुनेगरी घटाएको हो। निगमले घटाएको मूल्य अनुसार तराईमा पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १६७.५ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४७.५ र१४७.५ रुपैयाँ पर्नेछ। सुर्खेत र दाङमा पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १६९ रुपैयाँ पर्नेछ।

डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४९ र १४९ रुपैयाँ पर्नेछ। हवाइ इन्धनको मूल्य पनि घटेको छ । आन्तरिकतर्फको इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँ तथा बाह्य इन्धनको मूल्य १५ रुपैयाँले घटेको हो। खाना पकाउने (एलपी) ग्यासको मूल्य यथावत्छनै रहेको नेपाल आयल निगमले जनाएको छ।

निगमले काठमाडौं‚ पोखरा र दीपायलमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५ र ५ रुपैयाँ मूल्य घटाएको छ भने तराईमा प्रतिलिटर साढे ७ रुपैयाँ घटाएको छ । सुर्खेत र दाङमा प्रतिलिटर ६ रुपैयाँका दरले घटाएको निगमले जनाएको छ । घटाएको मूल्य अनुसार काठमाडौं‚ पोखरा र दीपालयमा पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५० र १५० रुपैयाँ पर्नेछ ।

 


Thali Mobile Pvt.Ltd.