भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

प्रक्रिया र कागजात पुगेकाले मात्रै चीन छिर्ने पास पाए

प्रक्रिया र कागजात पुगेकाले मात्रै चीन छिर्ने पास पाए

पोखरा । इलाका प्रशासन कार्यालय लोमान्थाङ र चराङले चीन छिर्ने पास वितरण गरेका छन् । पास वितरण गरेपछि मुस्ताङका करिब १ हजार जना नागरिक चीन प्रवेश गर्ने छन् । यहाँका नागरिकहरू कोरला नाका हुँदै चीन जान पाउँछन् । लोमान्थाङ र लो घेकर दामोदर कुण्ड गाउँपालिकाका बासिन्दालाई बोर्डर पास वितरण गरिएको छ ।

लोमान्थाङबाट ६ सय ५० जनाले पास लिएका छन् भने चराङबाट ३ सय ४८ हाराहारीले पास पाएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । यसअघि पास लिनका लागि आवश्यक कागजातसहित निवेदन दिने भनेको थियो । प्रक्रिया र कागजात पुगेकालाई मात्रै पास दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

लो घेकरमा ४ सय जनाले पास बनाउन निवेदन दिएका छन् । तर सबैले पास पाएका छैनन् । पास वितरणसँगै नेपाल र चीनको समकक्षी बैठक कोरला नाकामा बसेको छ ।

 


Thali Mobile Pvt.Ltd.