भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

प्रतिनिधिसभाबाट दुई विधेयक स्वीकृत

प्रतिनिधिसभाबाट दुई विधेयक स्वीकृत

काठमाडाैं ।  प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रियभाबाट प्राप्त दुई विधेयक स्वीकृत भएको छ । आजको दोस्रो बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको नीति अनुसन्धान प्रतिष्ठान, २०७८ विधेयक र राष्ट्रियसभाबाट भएको संशोधनसहितको लोकसेवा आयोगसम्बन्धी विधेयक, २०७५ स्वीकृत भएको हो ।

आजको अघिल्लो बैठकमा नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७८ विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्न गणपूरक सङ्ख्या नपुगेकाले आधा घण्टाका लागि बैठक स्थगन भएको थियो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले राष्ट्रि«यसभाबाट प्राप्त लोकसेवा आयोगसम्बन्धी विधेयक विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेपछि सोमाथि सैद्धान्तिक छलफल भएको थियो ।

छलफलमा भाग लिँदै सांसदहरूले लोकसेवा आयोगलाई सबै प्रदेशमा समानुपातिकरूपमा विस्तार गरिनुपर्ने, प्रदेश लोकसेवा आयोगसँगको सम्बन्ध, परीक्षा सञ्चालनमा समन्वय, मुलुकमा दक्ष जनशक्ति र कर्मचारी उत्पादनमा ध्यान दिनुपर्नेलगायत विषयमा ध्यानाकर्षण गराउनुभएको थियो ।

 


Thali Mobile Pvt.Ltd.