भक्तपुर । पहिलो केएफटीसी नकआउट फुटसल टुर्नामेन्ट हुने भएको छ । टुर्नामेन्ट चैत १४ गते शनिबारका दिन हुने भएको हो ।
ख्वप फुटसल एण्ड टे«निग सेन्टर (केएफटीसी) को आयोजनमा भक्तपुर जिल्ला फुटवल संघसँंग समन्वय गरी प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा काठमाडौं, ललितपुर र भक्तपुरलगायतबाट गरी करिव दुई दर्जन भन्दा वढी टिमले प्रतिस्पर्धामा भाग लिने अपेक्षा आयोजकले लिएको छ ।
हालसम्म दुई दर्जन टिमहरुले प्रतिस्पर्धाका लागि सम्पर्क गरिसकेको आयोजकले जनाएको छ । प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न गठित समितिका संयोजक इन्देश अवालले प्रतियोगितामा पहिलो, दोश्रो टिम र अन्य विभिन्न विधामा पुरस्कार तथा प्रमाणपत्र दिने जानकारी गराए ।
पहिलो टिमलाई २० हजार नगदसहित मेडल, ट्रफी तथा प्रमाणपत्र, दोश्रो हुने टिमलाई १० हजार नगदसहित मेडल, ट्र«फी तथा प्रमाणपत्र प्रदान गर्ने उनले जनाए । साथै वेष्ट प्लेयर, वेष्ट किपर, फेयर प्ले टिमलाई पनि मायाको चिन्हो, प्रमाणपत्र प्रदान गर्ने योजना रहेको उनले बताए ।
