भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्रदेश नामाकरण गरेको उपलक्ष्यमा कोशी प्रदेशमा सार्वजनिक बिदा

प्रदेश नामाकरण गरेको उपलक्ष्यमा कोशी प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं । कोशी प्रदेशमा बिहीबार सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारको बुधबार बसेको बैठकले प्रदेश नामाकरणको खुशियालीमा बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । बुधबार बसेको प्रदेश सभा बैठकले प्रदेश १ को नाम ‘कोशी’ राख्ने निर्णय गरेको थियो ।

प्रदेशभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थाहरुमा सार्वजनिक बिदा दिइएको कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । अन्य प्रदेशले पहिले नै प्रदेशको नामाकरण सकाए पनि प्रदेश एकले बुधबार मात्रै प्रदेशको नाम टुङ्गो लगाएर कोशी प्रदेश नामाकरण गरेको हो ।

 


Thali Mobile Pvt.Ltd.