भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बजेट दुई करोड

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बजेट दुई करोड

खोटाङ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई ९मकै जोन०को कार्यालय खोटाङले चालु आर्थिक वर्षमा रु दुई करोड दश लाख बराबरको कृषि कार्यक्रम सञ्चालन गर्ने भएको छ । कम्तिमा २०० रोपनी जग्गामा एकै किसिमका बाली लगाउनेगरी चक्लाबन्दी खेती प्रोत्साहन गर्न कार्यक्रम ल्याइएको इकाईले जनाएको छ ।

नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सरोकारवालासँगको समन्वय बैठकमा इकाईका वरिष्ठ कृषि अधिकृत डा। मणिरत्न अर्यालले चालु आर्थिक वर्ष चक्लाबन्दीलाई प्राथमिकतामा राखेर मकै खेती कार्यक्रम प्रवद्र्धन गर्ने बताउनुभयो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सभाहलमा बुधबार आयोजित कार्यक्रममा वरिष्ठ कृषि अधिकृत डा। अर्यालले चक्लाबन्दीमा पकेटरब्लकरजोन सञ्चालनका लागि सहकारी र नीजि क्षेत्रबाट माग सङ्कलन, सम्भाव्यता अध्ययन र कार्यान्वयनका लागि रु ५० लाख बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।

यस्तै, चालु आर्थिक वर्ष स्थानीय तहको लागत सहभागितामा मकैको बीउ श्रोत केन्द्र स्थापनाका लागि रु ३० लाख, भण्डार, प्राथमिक प्रशोधन वा प्रशोधन उद्दोग स्थापनाका लागि रु २० लाख, बसन्ते मकैको क्षेत्रफल बिस्तारका लागि रु दश लाख, हिउँदे मकै क्षेत्र विस्तारका लागि रु पाँच लाख, स्वदेशी हाईब्रिड मकै प्रदर्शनका लागि रु एक लाख २५ हजार बजेट विनियोजन गरिएको जानकारी जनाइएको छ । मकै जोन कृषि यान्त्रीकरण सहयोगका लागि रु २५ लाख, प्राविधिक शिक्षालयको साझेदारीमा व्यावसायिक उत्पादन कार्यक्रम सञ्चालन अनुदानका लागि रु दश लाख र गत वर्ष विस्तार भएको क्षेत्र र नयाँ विस्तार हुने क्षेत्रमा सिचाइँ पूर्वाधार निर्माण गर्न रु ६० लाख बजेट खर्च गरिने डा। अर्यालले जानकारी दिनुभयो ।

कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिक, व्यावसायिक, दिगो एवम् आत्मनिर्भर कृषि क्षेत्रको विकासको नारा बोकेको मकै जोन जिल्लामा २०७३ साल मङ्सिरदेखि सञ्चालनमा ल्याइएको थियो । हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १३ वडा र हलेसी तुवाचुङ नगरपालिकाका ६ वडामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई ९मकै जोन० कार्यक्रम सञ्चालन भइरहेको छ । कार्यक्रमले ओगटेको क्षेत्रमा शुरुका वर्ष १।९ टन प्रतिहेक्टर मकै उत्पादन भएको ठाउँमा कार्यक्रमपछि गत वर्ष मकैको उत्पादकत्व ३।४७ टन प्रतिहेक्टर पुगेको डा। अर्यालले बताउनुभयो । मकै जोनमा हाल १३४ कृषक समुह, १३ वटा सहकारी, ७३ उद्यमी तथा २ हजार ९१५ जना किसान सहभागी छन् ।

कार्यक्रममा सहकारीले मकै जोनअन्तरगत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडामा बाँडिएको मकैले उत्पादन नदिएको, दिक्तेलमै किसान भरत राईले ९ वटा प्लाष्टिक टनेलमा लगाएको गोलबेँडा नफलेको गुनासो गरेका छन् । कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजाल, उपप्रमुख विणादेवी राई, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, वडाध्यक्ष माधव राई लगायतले परियोजनाका विषयमा धारणा राख्नुभएको थियो । रासस

 


Thali Mobile Pvt.Ltd.