भर्खरै : Sorry, your browser does not support inline SVG.
ट्रम्पको चेतावनीबीच ताइवानको कडा अडानः ‘हामी स्वतन्त्र र सार्वभौम लोकतान्त्रिक राष्ट्र हौँ’ | हेमन्त कान्छा रसाइलीको नयाँ गीत ‘चौतारीमा’ रिलिज | मलेसिया रोजगारीमा तीन लाख असुल्ने म्यानपावरमाथि स्टिङ अपरेशन, एजेन्ट पक्राउ | कङ्गोमा इबोला प्रकोपः ८० जनाको मृत्यु, डब्लुएचओद्वारा विश्व स्वास्थ्य आपतकाल घोषणा | कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथा आरोहण गर्दै आफ्नै कीर्तिमान तोडे, ल्हाक्पा शेर्पाको ११औँ आरोहण | थानकोटमा घरायसी विवादले उग्र रूप लिँदा युवकको चक्कु प्रहार गरी हत्या, भिनाजु पक्राउ | सिराहामा १९ लाखभन्दा बढी मूल्यका अवैध सामानसहित दुई जना पक्राउ | आजदेखि गंगा दशहरा शुरु, अधिकमासमै किन मनाइँदैछ पर्व ? |

प्रधानमन्त्री देउवा स्कटल्याण्डमा

प्रधानमन्त्री देउवा स्कटल्याण्डमा

स्कटल्याण्ड, । प्रधानमन्त्री शेरबहादुर देउवा यही नोभेम्बर १ र २ मा ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन ९कोप–२६० अन्तर्गतको वल्र्ड लिडर समिटमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति यहाँ आइपुग्नुभएको छ ।

स्थानीय समयानुसार उहाँ सोमबार दिउँसो सम्मेलनको उद्घाटन समारोहमा सहभागी भई सम्मेलनलाई सम्बोधन गर्नुहुने कार्यक्रम छ । साथै उहाँले विभिन्न विशिष्ट व्यक्तिसँग भेटवार्तासमेत गर्नुहुनेछ । भ्रमणका दौरान उहाँले मङ्गलबार बिहान भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । सोही दिन उहाँले श्रीलङ्काका राष्ट्रपतिसँग भेटवार्ता गर्नुहुनेछ ।

सम्मेलनमा सहभागी हुने सिलसिलामा नेपालबाट शुक्रबार राति संयुक्त अधिराज्यको लण्डन पुग्नुभएका प्रधानमन्त्री देउवासँग शनिबार र आइतबार लण्डनमा विभिन्न सङ्घसंस्थाका पदाधिकारीहरूले भेटवार्ता गर्नुका साथै उहाँ विभिन्न कार्यक्रममा सहभागी हुनुभएको थियो । प्रधानमन्त्री देउवा आइतबार राति लण्डनबाट स्कटल्याण्डको इडिनवर्ग हुँदै ग्लास्गो आइपुग्नुभएको हो । अक्टोबर ३१ देखि ग्लास्गोमा सुरुआत भएको कोप–२६ नोभेम्बर १२ तारिखसम्म चल्नेछ ।

 

 


Thali Mobile Pvt.Ltd.