भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

प्रधानमन्त्री देउवाबाट रासस केन्द्रीय कार्यालय भवनको उद्घाटन हुँदै

प्रधानमन्त्री देउवाबाट रासस केन्द्रीय कार्यालय भवनको उद्घाटन हुँदै

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाबाट राष्ट्रिय समाचार समिति (रासस)को भद्रकालीस्थित केन्द्रीय कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन हुँदैछ । रासस केन्द्रीय कार्यालयमा आयोजना हुने विशेष समारोहमा आज बिहान प्रधानमन्त्री देउवाबाट भवन उद्घाटन हुने कार्यक्रम रहेको छ । विसं २०७२ को विनासकारी ‘गोरखा भूकम्प’का कारण क्षतिग्रस्त रासस भवन तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट प्राप्त रु १६ करोड ८६ लाखको लागतमा निर्माण सम्पन्न भएको हो ।

प्रधानमन्त्री देउवाबाटै २०७४ कात्तिक ९ गते शिलान्यास भएको ‘ब्लक ए’ र ‘ब्लक बी’ भवनमा ५४ कोठा छन् । चारतले यी भवनबाट राससको व्यवस्थापनसहित सबै सेवा सञ्चालन हुनेछ ।

स्वदेश तथा विदेशका सत्यतथ्य, सन्तुलित र आधिकारिक समाचार सम्प्रेषण गरी नागरिकलाई सुसूचित गर्ने उद्देश्यले नेपाल संवाद समिति (नेसस) र सगरमाथा संवाद समिति (ससस) एकापसमा गाभिएर विसं २०१८ फागुन ७ गते राष्ट्रिय संवाद समिति (रासस) को स्थापना भएको हो । राससका संस्थापक व्यवस्थापक आदित्यध्वज जोशीको नयाँसडकस्थित भाडाको घरबाट सुरु भएको रासस नयाँ सडकको पाको, गणबहाल हुँदै विसं २०३१ देखि रासस प्लाजा भद्रकालीमा सञ्चालन हुँदै आएको छ ।

राससका संस्थापकमा नेपाल सरकारका तर्फबाट अध्यक्ष रामराज पौडेल र सदस्यद्वयमा नेससका तर्फबाट गोविन्द वियोगी र सससका तर्फबाट मणिन्द्रराज श्रेष्ठ संस्थापक हुनुहुन्थ्यो ।

हाल राससका सातै प्रदेशका राजधानीमा कार्यालय छन् भने अन्य जिल्लामा गरी १९ कार्यालय रहेका छन् । राससमा दरबन्दीमा कार्यरत १६५ पत्रकार तथा कर्मचारी र देश विदेशमा गरी १५० स्थानीय समाचारदाताबाट हरेक दिन बिहान ६ देखि राति १०ः३० बजेसम्म नेपाली र अङ्ग्रेजी भाषामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, आलेख, तस्वीर, श्रव्यदृश्यलगायतका सेवा प्रवाह गर्दै आएको छ । राससले पिटिआई (भारत), सिन्ह्वा (चीन), एपी (संयुक्त राज्य अमेरिका), एएफपी (फ्रान्स)जस्ता मुख्य अन्तर्राष्ट्रिय समाचार संस्थाबाट समाचार प्राप्त गरी नेपालका आमसञ्चारमाध्यमलाई उपलब्ध गराउँदै आएको छ ।

राससले मूलधारका सबैजसो पत्रपत्रिका, रेडियो, एफएम रेडियो, टेलिभिजन, अनलाइन न्यूज पोर्टलहरूलाई समाचार सेवा प्रदान गर्दै आएको छ ।

 


Thali Mobile Pvt.Ltd.