भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्रलेस काठमाडौँको अध्यक्षमा विद्रोही

प्रलेस काठमाडौँको अध्यक्षमा विद्रोही

काठमाडाैं । प्रगतिशील लेखक सङ्घ, काठमाडौँ जिल्ला शाखाको शनिबार सम्पन्न पाँचौँ अधिवेशनले ज्ञानु विद्रोहीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा भक्त विक र सुमिता भट्टराई, सचिवमा सुधा मैनाली, सहसचिवमा समष्टि बुढामगर र कोषाध्यक्षमा केशव भट्टराई चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा मेस्मा पुन, धु्रव बस्याल, रामचन्द्र खतिवडा, जीवनप्रकाश उपाध्याय, राजेन्द्र पन्त ‘तारकिणी’, अनिता यात्री, जय गौडेल, रुपेश अधिकारी, राजेन्द्र घिमिरे, रमेश खतिवडा, पवनकुमारी न्यौपाने र शिवकुमार श्रेष्ठ चयन हुनुभएको छ ।

केन्द्रीय अध्यक्ष डा जीवेन्द्रदेव गिरीले शुभारम्भ गर्नुभएको अधिवेशनको बन्दसत्र सञ्चालनका लागि केन्द्रीय उपमहासचिव आरसी न्यौपानेको अध्यक्षतामा अध्यक्षम मण्डल गठन गरिएको थियो । प्रलेसको १२ औँ राष्ट्रिय महाधिवेशन यही चैत २५ र २६ गते काठमाडौँमा हुँदैछ ।

 


Thali Mobile Pvt.Ltd.