भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

प्रहरी समायोजन प्रक्रिया अघि बढ्यो, प्रक्रिया चाँडो टुंग्याउन दबाब

प्रहरी समायोजन प्रक्रिया अघि बढ्यो, प्रक्रिया चाँडो टुंग्याउन दबाब

काठमाडौं । पुसको पहिलो सातादेखि रोकिएको प्रहरी समायोजन प्रक्रिया अघि बढाइने भएको छ ।

बिहीबार प्रहरी समायोजन समितिको पहिलोपटक बैठक बसेको छ । गृह मन्त्रालयको प्रशासन महाशाखाका प्रमुख रहेका सहसचिव घनश्याम उपाध्यायलाई संयोजकको जिम्मेवारी दिइएपछि बैठक बसेको हो । बैठकले समायोजन प्रक्रिया सुरु गर्न कार्यविधि र मापदण्ड बनाउने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

सरकारले प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा गरेपछि प्रहरी समायोजन प्रक्रिया स्थगित भएको थियो । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेसँगै गृहले प्रहरी समायोजन सुचारु गर्न लागेको छ । कार्यविधि र मापदण्ड बनाएपछि समायोजनका लागि सूचना प्रकाशन गर्ने तयारी गृहको छ ।

 


Thali Mobile Pvt.Ltd.