भर्खरै : Sorry, your browser does not support inline SVG.
न्यायाधीश दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गरिने | फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित | धनौजीका पूर्वप्रमुख प्रशासकीय अधिकृत र पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | २३ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला, भाडा नबढाउने सिटौलाको प्रतिबद्धता | सूर्यविनायकमा दसैँ विशेष अन्तरवडा फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख पुरस्कार | विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम | बाढी पहिरोले म्याग्दीका साढे ५ सय घरपरिवार प्रभावित | मुस्ताङ जाने जहाजमा नेपालीलाई टिकटै नदिएको गुनासो, प्रशासनले तोक्यो दुई सिट अनिवार्य |

प्रा. सुवेदीबाट पुस्तकसहित दश लाख नेपाल ल क्याम्पसलाई प्रदान

प्रा. सुवेदीबाट पुस्तकसहित दश लाख नेपाल ल क्याम्पसलाई प्रदान

लण्डन । बेलायतमा विगत ३० वर्षदेखि अन्तर्राष्ट्रिय कानून र मानवअधिकार विषयको प्राध्यापन गर्दै आउनुभएका प्रा. डा सूर्यप्रसाद सुवेदीले आफूले प्रकाशन गरेका र विद्यार्थी जीवनदेखि सङ्ग्रह गरिएका अन्तर्राष्ट्रिय कानून र मानवअधिकारसम्बन्धी पुस्तकसहित रु दश लाख त्रिभुवन विश्वविद्यालयअन्तर्गतको नेपाल ल क्याम्पसलाई प्रदान गर्ने घोषणा गर्नुभएको छ ।

बेलायतको हल विश्वविद्यालयबाट स्नातकोत्तर तहमा विशिष्ट श्रेणीमा प्रथम हुनाका साथै अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि र महाविद्यावारिधिको उपाधि हासिल गर्नुभएका प्रा सुवेदीले अध्ययन तथा प्राध्यापनका क्रममा सङ्कलन गर्नुभएको आफैद्वारा प्रकाशित पुस्तक आफैले कानूनमा स्नातक गरेको उक्त क्याम्पसलाई दिने निधो गर्नुभएको हो । उहाँले ती सबै पुस्तक आफ्नै खर्चमा नेपाल पठाउने पनि जानकारी दिए ।

लिड्स, लण्डन र अक्सफोर्डलगायत संसारका सातवटा विश्वविद्यालयमा प्राध्यापन गर्नुभएका प्रा सुवेदीको निजी सङ्कलनमा रहेका अन्तर्राष्ट्रियस्तरका यस्ता ग्रन्थले नेपालका वर्तमान र भावी पुस्ताका छात्रछात्रा लाभान्वित हुने भएका छन् । उहाँले प्रदान गर्ने रु दश लाख नेपाल ल क्याम्पसको मुद्दती खातामा जम्मा गरी त्यसको वार्षिक ब्याजबाट प्रत्येक वर्ष उक्त क्याम्पसको पुस्तकालयमा नयाँ–नयाँ ग्रन्थ थप्दै जाने व्यवस्था पनि गरिएको छ । प्राज्ञिक उन्नयनमा सघाउन अमूल्य सहयोग प्रदान गरेको भन्दै क्याम्पस पधाधिकारीले प्रा सुवेदीलाई धन्यवाद दिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.