काठमाण्डौ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा टोटेनह्याम र वेस्ट ह्याम विजयी भएका छन् । गएराति भएको खेलमा टोटेनह्यामले वाट्फोर्डलाई १–० गोलले हराएको हो । खेलको इन्जुरी समयमा टोटेनह्यामका डेभिनसन सान्चेजले गरेको गोल नै निर्णायक भयो । जितसँगै टोटेनह्यामको १८ खेलमा ३३ अङ्क भएको छ । अङ्कतालिकामा टोटेनह्याम छैटौँ स्थानमा छ ।
वाट्फोर्ड १३ अङ्कका साथ १७औँ स्थानमा छ । अर्को खेलमा वेस्ट ह्यामले क्रिस्टल प्यालेसलाई ३–२ गोलले हरायो । जितसँगै वेस्ट ह्याम अङ्कतालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । उसको २० खेलमा ३४ अङ्क छ । क्रिस्टल प्यालेस समान खेलमा २३ अङ्कका साथ ११औँ स्थानमा छ । इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा छ । हिजो भएको खेलमा सिटीले आर्सनललाई २–१ ले हरायो ।
