भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्रेस युनियनको महाधिवेशन आगामी भदौमा

प्रेस युनियनको महाधिवेशन आगामी भदौमा

काठमाडौँ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको महाधिवेशन सरेको छ । युनियनको आज बसेको सचिवालयको आकस्मिक बैठकले आगामी भदौ २१ र २२ गते बागमती प्रदेशको राजधानी हेटौँडामा नवौँ महाधिवेशन गर्ने निर्णय गरेको हो ।युनियनले यसअघि जेठ १३ र १४ गते हेटौँडामा महाधिवेशन गर्ने निर्णय गरे पनि कांग्रेसले वैशाख २१ गते एक विज्ञप्ति जारी गरी भ्रातृ तथा शुभेच्छुक संस्थाको महाधिवेशन स्थानीय तहको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक नहुञ्जेलसम्मका लागि स्थगित गर्ने निर्देशनअनुसार महाधिवेशन सारिएको युनियनका अध्यक्ष बद्री सिग्देलले जानकारी दिनुभयो । युनियनले निर्वाचनको तयारी अगाडि बढाएको भए पनि स्थानीय तहको निर्वाचन परिणाम पूर्णरूपमा आइनसकेको र मौसमी प्रतिकूलतालाई मध्यनजर गर्दै निर्वाचन सारेको हो ।

अध्यक्ष सिग्देलले आगामी भदौ २१ र २२ गते तय भएको नवौँ महाधिवेशनको तयारीमा जुट्न सबै युनियनकर्मीलाई आग्रहसमेत गर्नुभएको छ । उहाँले जेठ १३ र १४ गते निर्धारण भएको महाधिवेशन समयमै सम्पन्न गर्न नसकेको भन्दै क्षमायाचनासमेत गर्नुभएको छ । युनियनका कार्यवाहक महासचिव भीष्मराज ओझाले आगामी जेठ १३ गते युनियनको ३१ औँ स्थापना दिवस भएकाले स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउनका लागि जिल्ला शाखा, प्रतिष्ठान शाखा र विदेशस्थित शाखालाई अपिलसमेत गर्नुभएको छ ।

 


Thali Mobile Pvt.Ltd.