भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

नवौँ राष्ट्रिय खेलकुदको मिति सर्‍याे

नवौँ राष्ट्रिय खेलकुदको मिति सर्‍याे

काठमाडौँ । गण्डकी प्रदेशको पोखरामा आयोजना हुने भनिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सरेको छ । यही जेठ २२ देखि २८ गतेसम्म हुने भनिएको उक्त प्रतियोगिताको तयारी समय नपुगेकाले मिति सार्न बाध्य भएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले राष्ट्रिय खेलकुद परिषद् राखेपको प्रस्तावमा आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त प्रतियोगिताको नयाँ मिति सार्वजनिक गरेको बताउनुभयो ।

उहाँले नवौँ राष्ट्रिय खेलकुदसँग सबन्धित बजेट कार्यान्वयनको लागि सार्वजनिक खरिद ऐनअनुसार जानुपर्ने भएकाले तोकिएको मितिमा प्रतियोगिता आयोजना गर्न नसकेको बताउनुभयो । अब नवौँ राष्ट्रिय खेलकुद आगामी असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म हुनेछ ।नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभिन्न ३६ खेल समावेश गरिएको छ भने दुई प्रर्दशनी खेलको रुपमा राखिएको छ । जसमा एथलेटिक्स, ब्याडमिन्टन, टेबल टेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की, बक्सिङ, भलिबल, जिम्नास्टीक, कबड्डी, भारत्तोलन, सुटिङ, पौडी, ह्याण्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो र उसु रहेको छ ।त्यसैगरी बास्केटबल, शारीरिक सुगठन, बुद्धिचाल, खो खो, कराते, फुटबल, कन्ट्याक्ट कराते, आइटिएफ तेक्वान्दो, सेपाक्टाक्रो, गल्फ, आर्चरी, साइक्लिङ, फेन्सिङ, ट्रायथोलन र प्याराग्लाइडिङ रहेको छ । ठेलो र क्यानोइङलाई प्रदर्शनी खेलको रुपमा समावेश गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.