भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

फाटेको दूध अब फ्याक्नु पर्दैन, सुन्दर कपाल र दागरहित छालाका लागि अतिउपयुक्त

फाटेको दूध अब फ्याक्नु पर्दैन, सुन्दर कपाल र दागरहित छालाका लागि अतिउपयुक्त

विशेषगरी गर्मी समयमा दूध फाट्ने समस्या एकदमै सामान्य हो । दूध फाटेपछि त्यसको कुनै प्रयोजन रहँदैन भनेर धेरैले त्यसलाई फ्याँक्ने गर्छन् ।

तर दूध फाट्यो भने त्यो अन्य कामका लागि प्रयोग हुन्छ भन्ने कुरा धेरैलाइ थाहा नहुन सक्छ ।

के छ त फाइदा ?
फाटेको दूध छालाका लागि एकदमै फाइदाजनक हुन्छ । यसलाई छालाका लागि कसरी प्रयोग गर्ने भन्नेबारे धेरैजनालाई थाहा नहुन सक्छ । सबैभन्दा पहिले फाटेको दूधलाई सेलाउन दिनु पर्छ । त्यसपछि फाटेको दूधको पानीले आफ्नो मुख धुनुहोस् । यसले छालालाई नरम र ओसिलो राख्छ । साथै फाटेको दूधले छाला दागरहित रहन्छ ।

milkफाटेको दूधमा माइक्रोबियल तत्व हुन्छ र यसले शिर र छालाको पिएचलाई सन्तुलित राख्छ । कपालमा स्याम्फु प्रयोग गर्न अघि फाटेको दूधले धुनुहोस् । साथै स्याम्पु प्रयोग गरिसकेपछि पनि फाटेको दूधलाई कपालमा लगाएर १० मिनेट जति राख्नुहोस् । पुनः १० मिनेटपछि तातो पानीले कपाल धुनुहोस् । यसपछि पुनः तपाइलाई आफ्नो कपालमा कहिल्यै कन्डिशनर प्रयोग गर्नु पर्दैन ।

साथै जुसमा फाटेको दूध मिसाउनाले त्यसले दूधको पौष्टिकता बढाउँछ । यस्ता पानी पिउनाले शरीरलाई प्रशस्त प्रोटिन प्राप्त हुन्छ । रोटीका लागि आटा मोल्ने समयमा पानीको सट्टामा फाटेको दूध प्रयोग गर्नु भयो भने यसले रोटीलाई नरम र पौष्टिक बनाउँछ ।

 


Thali Mobile Pvt.Ltd.